शुक्रबार ०८ आश्विन २०७८

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर आज तनहुँमा एक किशोरी बे,पत्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बे,पत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बे,पत्ता भएकी हुन् । आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा खसेर बे,पत्ता भएपछि अहिले स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

घुम्ने क्रममा साथीहरुसँग टिकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिएकी लम्साल अचानक चिप्लिएर नदीमा खसेको उनीसँगै गएका साथीहरुले बताएको उहाँले बताउनुभयो । लम्साल अचानक चिप्लिएर नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेपछि तत्कालै खोजी कार्यमा खटिएको उहाँले जानकारी दिनुभयो ।

काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई सुनसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ घर भएका ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२ घर भएका ४७ वर्षीय मुरारी राज अधिकारी छन्। उनीहरु श्री एयरलाइन्सको उडानमार्फत काठमाडौंदेखि विराटनगर जान लागेका विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ ।

लगेज खोलेर हेर्दा ३ किलो ३६० ग्राम तौल भएको सुनका गरगहनाहरु फेला परेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि राजश्‍व अनुसन्धान विभाग हरिहर भवन बुझाइएको प्रहरीले जानकारी दिएको छ। विमानस्थलका अनुसार दुई करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरका गरगहना छन्।

 


Last Updated on: September 15th, 2021 at 10:16 am
१७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया