बिहिबार ०७ आश्विन २०७८

नेपाली अभिनेत्री प्रियंका कार्की सामाजिक सञ्जालमा सक्रिय नेपाली अभिनेत्री मध्येकी एक हुन् । उनी केहि न केहि तस्बिरहरु सेयर गरेर आफनो जीवनका कुराहरु प्राय सार्वजनिक गरिरहेकी हुन्छिन् ।

अभिनेत्रीले केहि समयअघि आफु आमा बन्न लागेको कुरा सार्वजनिक गरेकी थिईन् । खबर सार्वजनिक गरेसँगै उनले बेबी बम्पसहितको तस्बिरहरु सार्वजनिक गरिरहेकी नै छिन् । यस्तै कुनै कुनै फोटोशुटले त उनी विवादमा पनि तानिएकी थिईन् ।

यस्तैमा उनले बुधबार श्रीमान आयुसष्मान देशराज जोशीसँगको केहि तस्बिर सार्वजनिक गरेकी छिन । तस्बिरसँगै निकै राम्रो जर्नी निकै राम्रो श्रीमान र बुबासँग भन्दै लेखेकी उनको उक्त तस्बिर हेरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले तस्बिर हेरेर आफु वाक्क भएको प्रतिक्रिया दिएका छन् ।

केहिले मायाको इमोजी पठाइरहँदा केहीले भने बच्चा जन्मिने दिन चाँही कहिले हो भनेर प्रश्न गरिरहेका छन् ।

 

 


Last Updated on: September 15th, 2021 at 3:08 pm
१७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया