सोमबार ११ आश्विन २०७८

सहयोगको लागि हार्दिक अपिल !!!!!
इलाम जिल्ला माई नगरपालिका वडा नं. ६ (साबिक महमाई गाविस वडा नं.३) काबेलीटार निवासी म पुर्ण लुंगेली मगर विगतमा महमाई गाविसको सामाजिक परिचालकको रुपमा काम गरी त्यहाँका जनताहरुलाई सेवा प्रवाह गर्ने गरेको तथा महमाईकै वडा नं. ३ मा रहेको जुनतारा कृषि सहकारी संस्था लि.बाट शेयर सदस्यहरुलाई व्यवस्थापकको रुपमा सेवा प्रदान गर्दै आईरहेको सबैमा अवगत गराउन चाहान्छु ।
विगत ४ वर्षदेखि मेरो दुवै मृगौलामा समस्या आएको र नोबल मेडिकल कलेज बिराटनगरमा उपचाररत अवस्थामा रहिरहेको छु । अहिले मेरो स्वास्थ्य अवस्था गम्भीर मोडमा आईपुगेको छ । प्रत्येक ३, ३ दिनमा डायलोसिस गर्नु पर्ने अवस्था गत २०७७ फागुनदेखि नैं आईरहेको हो । यस विषम समयमा मेरो घर र परिवारबाट मेरो उपचारमा लगानी गर्न अत्यन्तै जटिल समस्या भएको हुँदा यहाँहरुले यथासक्य आर्थिक सहयोग गरी मेरो उपचारमा सहयोग पुर्याईदिन हुन विनम्र अनुरोध गर्दछु । मेरो स्वास्थ्यमा सुधार भए पश्चात म पुनः समाज समुदायमा मैले यस अघि गर्दै आईरहेको सामाजिक कार्यलाई निरन्तरता दिई मेरो उपचारमा सहयोग गर्ने महानुभावहरुलाई पनि मैले सक्ने यथासक्य सहयोग उपलब्ध गराउने वचनवद्धता व्यक्त गर्दछु ।
सहयोगको लागि बैंक खातानं. ः
Purna Bahadur Magar
Bank AC: 0370024740400013 #Machhcpuchchhre bank ltd#
सम्पर्क ः
पुर्ण लुंगेली मगरः ९८६२२०९२६५
श्रीमति छलीमाया सुनुवारः ९८६२३०७४०८ र ९८१५००९६०२

 


Last Updated on: September 15th, 2021 at 5:27 pm
११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया