सोमबार ११ आश्विन २०७८

टिक टिक एक सोसल मिडिया एप्लिकेसन हो । जसका माध्यमबाट स्मार्टफोन प्रयोगकर्ताले छोटा छोटा भिडियो (१५ सेकेण्ड सम्मका) बनाएर शेयर गर्न सक्दछन् । बाइट डान्स नामक कम्पनीले यो एप बनाएको हो । टिक टक सन् २०१६ को सेप्टेम्बरमा लञ्च भएको हो । सन् २०१८ मा टिक टक लोकप्रियताको चुलीमा पुग्यो ।नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गो’पनी’य’ता उ’दां’गो भइरहेको प्रहरीको ठहर छ।यसै क्रममा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर तनहुँमा एक किशोरी बेपत्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ ।शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी हुन् । आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा खसेर बेपत्ता भएपछि स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।


Last Updated on: September 15th, 2021 at 5:49 pm
३०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया