आइतबार ३१ आश्विन २०७८

झापामा ११ दिनदेखि आमा छोरा बे प त्ता भएपछि परिवारले खोजी गरिदिन सम्बन्धित निकायलाई गुहारेको छ । जिल्लाको कन्काइ नगरपालिका वडा नम्बर ७ माइतघर भएकी २७ वर्षीय जानुका भनिने पबित्रा घिमिरे दाहाल र उनका ४ वर्षीय छोरा बे प त्ता भएका हुन् ।

परिवारका अनुसार उनीहरु भदौ १९ गते देखि स,म्पर्कबि,हीन बनेका हुन् । आफ्नो दीदी, भिनाजुको घर झापा धुलाबारीबाट भान्जीको घर सुरुङ्गा जाने भन्दै बसमा चढेका उनीहरु बे प त्ता भएका हुन् ।

घटनाबारे प्रहरीलाई समेत जानकारी गराइएको छ । त्यस्तै उनीहरुका परिवारले बिभिन्न सामाजिक सञ्जालमासमेत तस्वीर सार्वजनिक गर्दै कतै भेटिए स,म्पर्क गर्न आग्रह गरेको छ । परिवारका अनुसार उनीहरु जान सक्ने सम्भाबित छिमेकी, नातागोता र चिनजानका सबैठाउँ पुगेपनि फेला पार्न सकिएको छैन ।

 

यो पनि पढ्नु हाेस

साउथ सिनेमाका सुपरस्टार अल्लु अर्जुन आफ्नो फिल्मको अलावा डाउन टु अर्थ स्वभावको लागि पनि चिनिने गरेका छन् । हालै उनी फिल्म पुष्पाको शुटिंगको लागि आन्ध्र प्रदेश स्थित मरेडुमिली जंगल हुदै गईरहेका थिए ।

यसैक्रममा अल्लु अर्जुनले सडक किनारमा रहेको एक सानो टिफिन सेन्टरमा डोसाको स्वाद लिन्छन् । उनको यो भिडियो सामाजिक सञ्जालमा एकदमै भाइरल भएको छ । फिल्मका निर्देशक सुकुमारले जंगलमा एक लामो शेड्युलको प्लान बनाएका थिए ।

भारी बर्षाका कारण शुट लोकेशनलाई बदलेर काकिनाडामा शुटिंग गर्ने योजना बनेको थियो । यसैक्रममा यात्रा गरिरहेका अल्लु अर्जुनले सडक किनारमा रहेको टिफिन सेन्टरमा पसेर डोसाको मज्जा लु, x टेका थिए ।

उनले डोसा खाएपछि टिफिन सेन्टरको मालिकलाई १ हजार रुपैया दिन्छन् तर उनले लिन अस्विकार गर्छन् । कुराकानीको क्रममा टिफिन सेन्टरको मालिकको खराब आर्थिक स्थिती भएको थाहा पाउँछन् ।

अल्लुले उनलाई हैदराबाद आउनका लागि तत्काल आग्रह गर्छन् । यति ठुलो स्टारको यस्तो सरल स्वभाव देखेर उनका फ्यानहरुले एकदमै तारिफ गरेका छन्।


Last Updated on: September 16th, 2021 at 11:39 am
१५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया