बुधबार १० कार्तिक २०७८

बेलायत, अमेरिका र अस्ट्रेलीया तीन देश मिलेर चीन घेर्ने सम्झौता भएको छ । उनीहरुले एउटा विशेष सुरक्षा सम्झौता घोषणा गरेका छन् । जुन चीनलाई लक्षित गरेर गरिएको जनाइएको छ ।

विशेष सुरक्षा सम्झौता परिष्कृत रक्षा प्रविधिहरु आदानप्रदान गर्ने जनाइएको छ । इन्डो–प्यासिफिक क्षेत्रमा चीन बढ्दो शक्ति र सैन्य उपस्थितिबाट ती तीन देश चिन्तित छन् ।

चीन यो उपस्थिति रोक्नको लागि ती तीन देशबीच आपसी सहयोगको सम्झौता भएको बीबीसीले जनाएको छ ।

उक्त सम्झौताले अस्ट्रेलियालाई पहिलो पटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने बाटो खुला गरिदिनेछ ।

ओकस भनिने उक्त सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स,क्वान्टम टेक्लोलोजी र साइबरका पक्ष समेट्नेछ ।

उक्त सम्झौताले ती तीन वटै देशको स्थिरतालाई बल दिने नेताहरुले बताएको छ । नयाँ पनडुब्बीहरुमा आणविक हतियार भने नहुने बताइएको छ ।

तर, चीनले उक्त सम्झौताको विरोध गरेको छ । वासिङ्टनस्थिति चिनियाँ राजदूतवासले तीन राष्ट्रहरुमा शीत युद्धको मानसिकता रहेको आरोप लगाएका छन् ।

 


Last Updated on: September 16th, 2021 at 3:16 pm
११० पटक हेरिएको

तपाईको प्रतिक्रिया