बुधबार १० कार्तिक २०७८

३० भदौ, मकवानपुर । भिमफेदी गाउँपालिका-५ सुपिङ् भन्ने स्थानको धुनदुरे खोलामा डु,बे,र, दुईजनाको मृ,x त्यु भएको छ ।

मृ,x त्यु हुनेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय नविन दोङ् र २१ वर्षीय राजन दोङ् रहेका छन् ।

उक्त खोलामा पाहा मार्न गएको अवस्थामा ढुङ्गाबाट चिप्लिई लड्दा डु,बे,र मृ,x त्यु भएको अवस्थामा उनीहरुको श,व फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो पनि पढ्नु हाेस

नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्‍याएको छ ।

आफ्नो सेवालाई प्रभावकारी बनाउँदै गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्‍याएको नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमका सह–प्रवक्ता रञ्जित लौहियाले बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रदेशका ८५ वटा स्थानीय तहमा ५०३ वटा फोरजीका टावर राखिएको जानकारी दिए । उनले सेवा विस्तारको क्रममा कतिपय स्थानमा नेटवर्क समस्या देखिएको गुनासो आएको जनाउँदै त्यसको पहिचान गरेर समाधान गरिने बताए।

उनले भने, “हामी सहज र प्रभावकारी रुपबाट सेवा विस्तारमा जुटेका छौं, प्रदेशका ४८ वटा ठाउँमा नेटवर्क नपुगेको पहिचान भएको छ, ती ठाउँमा चाँडै टावर राख्ने योजनामा छौ ।” उनले बागलुङलगायत केही जिल्लामा पूर्ण फाइबर सेवा विस्तार भइरहेको समेत बताए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमले नाफा मात्र नहेरी सेवामुखी काम गरेको बताए । उनले सेवाग्राहीका गुनासोलाई सम्बोधन गर्दै आगामी दिनमा अझै प्रभावकारी सेवा दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल टेलिकमले पछिल्लो पटक ‘नमस्ते–पे’ सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमको ६२ प्रतिशत र नेपाल राष्ट्रबैंकको ३८ प्रतिशत लगानीमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी स्थापना गरेर डिजिटल पे ‘नेपाल–पे’ सञ्चालनमा आएको हो ।

 


Last Updated on: September 16th, 2021 at 5:17 pm
१३० पटक हेरिएको

तपाईको प्रतिक्रिया