मंगलबार १४ मंसिर २०७८

युरोपियन च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी० बराबरीमा रोकिएको छ । बुधबार राति भएको समूह चरणमा पहिलो खेल खेलेको पिएसजीले बेल्जियन क्लब ब्रगसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

क्लब ब्रगको मैदानमा पिएसजीका लागि एन्डर हेरेर्राले गोल गरे भने घरेलु टिमका हान्स भनकेनले गोल गरे । हेरेर्राले खेलको १५औँ मिनेटमा गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर २७औँ मिनेटमा भनकेनले गोल गर्दै घरेलु टिमलाई बराबरीमा फर्काए । र, बाँकी समय गोल नहुँदा दुवै टिमले एक–एक अङ्क बाँडे ।

यस खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी, नेयमार र किलियन एम्बाप्पेको जादु चल्न सकेन । मेस्सीले सुरुदेखि अन्त्यसम्मै थिए । ब्राजिलियन खेलाडी नेयमार पनि अनत्यसम्मै थिए । किलियन एम्बाप्पेले ५१औँ मिनेटमै मैदान छोड्नु परेको थियो । प्रशिक्षक मौरिसयो पोचेटिनोले मौरो इकार्डीलाई मैदान छिराउँदै एक असिस्ट गरेका एम्बाप्पेलाई निकालेका थिए ।

बराबरीसँगै समूह ‘ए’का क्लब ब्रग र पिएसजीले एक–एक अङ्क जोडे । यसै समूहको म्यानचेस्टर सिटीले आरबी लेइपिजमाथि ६–३ गोलको जित निकाल्दै तीन अङ्क जोड्यो । सिटी सो समूहको शीर्ष स्थानमा छ ।

 


Last Updated on: September 16th, 2021 at 5:28 pm
१२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया