मंगलबार १४ मंसिर २०७८

सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप भोलि ल्याउने भएको छ । खोप ल्याउन आज राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले खरिद गरिएको खोप भोलि चीनबाट ल्याइने जानकारी दिनुभयो । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि आज राति ११ बजे वाइडबडी विमान चीनतर्फ जाने बताउनुभयो । उहाँका अनुसार भोलि दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ ।

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ

 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थिए ।

बुटवलबाट राजधानी फर्किँदा साँझ परिसकेको थियो । काठमाडौँ ओर्लेर उनी आफ्नो निजी निवास बालकोट नगई सिधै राष्ट्रपति कार्यालय शीतलनिवासतर्फ लागे ।

एमाले अध्यक्ष ओलीले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग राति ८ बजेदेखि १० बजेसम्म दुई घण्टा छलफल गरे ।

यो भेटबारे शीतलनिवास र बालकोट स्रोतले केही पनि सार्वजनिक गर्न चाहेको छैन । राष्ट्रपतिबारे ओलीको भेटवार्ताबारे राष्ट्रपति कार्यालयका कर्मचारी बोल्न चाहेनन् ।

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीचको भेटवार्ता नेकपा एमालेको आन्तरिक विषयमा केन्द्रित रहेको बुझिएको छ ।

भेटमा संसद्को अवरोध लगायतका विषयमा पनि छलफल भएको स्रोतको भनाइ छ ।


Last Updated on: September 17th, 2021 at 11:32 am
१५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया