मंगलबार ०३ जेठ २०७९

एजेन्सी – च्याम्पियन्स लिगको समूह चरणको खेलमा म्यानचेस्टर युनाइटेड र वीस क्लब योङ ब्वाईजले प्रतिस्पर्धा गरेका थिए। सो खेलमा युनाइटेड २–१ गोलले हारेको थियो।
क्रिस्टियानो रोनाल्डोले युनाइटेडका दोस्रोपटक च्याम्पियन्स लिगमा पहिलो खेल खेल्दा गोल गरे पनि टिमले हार बेहोरेको थियो।

सो खेल दौरान रोनाल्डोको बलले लागेर महिला सुरक्षाकमी एक ढलेकी छिन्। योङ ब्वाईजसँगको खेलअघि प्रि–म्याच ट्रेनिङ (वार्म अप) दौरान रोनाल्डोले हानेको कडा सट मैदानभन्दा बाहिर गएर एक महिला सुरक्षाकर्मीलाई लागेको थियो।

रोनाल्डाले अभ्यासक्रममा हानेको फ्रि किक प्रहार बतासिएर दर्शकदीर्घातिर हुइँकिएको थियो। तर, उनको कडा प्र,हार रंगशालाको सुरक्षामा खटिएकी महिला सुरक्षाकर्मीको टाउकोमा लागेको थियो। दर्शकीतिर फर्किएर उभिएकी महिला सुरक्षाकर्मी पुर्लुक्कै भुइँमा ढलेकी थिइन्।

उनी ढलेपछि तत्कालै अन्य सुरक्षाकर्मीले उनको मदतमा जुटे भने मेडिकल टिम पनि त्यहाँ पुग्यो। आफ्नो बलले लागेर महिला सुरक्षाकर्मी ढलेको देखेपछि रोनाल्डो दौडिएर पनि त्यस ठाउँमा पुगे। उनले पनि त्यहाँ पुगेर ढलेकी महिलाको स्थिति बुझेका थिए। उनी ठीकठाक छन् कि छैनन् भनेर रोनाल्डोले बुझेका थिए भने महिलाको मदतमा केहीबेर आफैं पनि जुटेका थिए। बलले लागेर महिला सुरक्षाकर्मी ढले पनि केहीबेरपछि उनी ठीक अवस्थामा फर्किइन्। र, उनले आफ्नो ड्युटी सुरु गरिन्।

खेल सकिएपछि रोनाल्डोले आफ्नो बल प्रहारबाट ढलेकी सुरक्षाकर्मीलाई भेटे। अनि, आफूले लगाएको म्याच जर्सी साइन गरिकन ती नै महिलालाई दिए। सो कुरा क्यामेरामा कैद भइहाल्यो। रोनाल्डोको बलले लागेर ढलेको केही बेरपछि रोनाल्डोकै म्याच जर्सी हस्ताक्षर सहित उनकै हातबाट पाएपछि ती महिला सुरक्षाकर्मीको खुशी भइन्।

त्यसपछि उनले रोनाल्डोले दिएको आइकनिक ७ नम्बर जर्सी लगाएर फोटो खिचाइन् भने नाच्दै रंगशालामा दौडिएकी थिइन्। जर्सी बोकेर खुसीयाली मनाएकी थिइन्। पछि मिडियासँग प्रतिक्रिया दिँदै ती महिलाले रोनाल्डोले हानेको बल लागेर ढलेको पीडा भन्दा विश्वै सर्वोत्कृष्ट खेलाडीको जर्सी उनकै हातबाट पाउँदाको खुसी प्रिय रहेको भन्दै खुसी व्यक्त गरेकी थिइन्।

 


Last Updated on: September 17th, 2021 at 3:43 pm
२९० पटक हेरिएको

तपाईको प्रतिक्रिया