बिहिबार ३१ भाद्र २०७८

कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेपछि कुन स्तरको संरक्षण प्राप्त हुन्छ भन्नेमा व्यापक अन्यौल रहेको छ । भ्याक्सिन लगाएकाहरुपनि कसरी कोरोनाबाट संक्रमित भए ? के भ्याक्सिनले संक्रमण हुनबाट जोगाउँदैन ? भ्याक्सिन लगाएपछि संक्रमण भएमा त्यस्ता व्यक्तिले अरुलाई सार्न सक्छन् कि सक्दैनन् ? यस्ता कैयन प्रश्नहरु विद्यमान छन् ।

के भ्याक्सिन लगाएपछि कोरोना संक्रमण हुँदैन ?
कोरोनाबिरुद्धका स्वीकृत भ्याक्सिनहरुले कोरोना संक्रमणबिरुद्ध बलियो संरक्षण प्रदान गर्छन् । फाइजर, मोडेर्ना, आष्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन लगायतका भ्याक्सिन व्यापक रुपमा वितरण गरिएका देशहरुमा कोरोनाबाट संक्रमित हुने दर पनि कम रहेको छ । तर भ्याक्सिन लगाउँदैमा सबै व्यक्ति संक्रमणबाट बच्न सक्छन् भन्ने हुँदैन ।

आष्ट्राजेनेका भ्याक्सिन प्रयोगका लागि स्वीकृत हुँदा यो भ्याक्सिनले ७० प्रतिशतमा संक्रमण हुन नदिने देखिएको थियो । त्यस्तै फाइजर भ्याक्सिनले ९० प्रतिशतमा संक्रमण हुन नदिने देखिएको थियो । बेलायतको प्रारम्भिक तथ्यांकमा दुबै भ्याक्सिनले ८० प्रतिशतमा संक्रमण रोकेको पाइएको थियो ।

कोरोनाबिरुद्धका कुनै पनि भ्याक्सिनहरु भ्याक्सिन लगाएका शतप्रतिशतमा संक्रमण हुनबाट रोक्न सक्षम छैनन् । संक्रमितहरुको बीचमा जाँदा वा भाइरसको संसर्गमा आउँदा केही भ्याक्सिन लगाएका व्यक्तिमा पनि कोरोना संक्रमण हुनसक्छ । तर भ्याक्सिन लगाएकाहरुमा कोरोना संक्रमण भइहाले पनि अधिकांशमा सामान्य लक्षण वा लक्षण नै नदेखिने हुन्छ । भ्याक्सिन लगाएकाहरु सिकिस्त हुने, अस्पताल भर्ना हुने अवस्था आउने वा ज्यानै जाने घटना दुर्लभ रहेको छ ।

 

भ्याक्सिनको पूर्ण डोज नलगाउँदै संक्रमणको खतरा बढी हृन्छ ?
भ्याक्सिन लगाउँदैमा तुरुन्तै वा भोलिपल्टदेखि नै संरक्षण प्राप्त हुँदैन । एकडोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएपछि पूर्ण संरक्षण प्राप्त हुनका लागि कम्तीमा दुईसाता लाग्छ । दुई डोज लगाउनुपर्ने अन्य भ्याक्सिनका सन्दर्भमा पनि दोश्रो डोज लगाएको कम्तीमा दुईसातापछिमात्र पूर्ण संरक्षण प्राप्त हुन्छ ।

भेरोसेल लगाएका ५० काटेकाहरुमा भ्याक्सिनको प्रभावकारिता घट्दो, ८० सम्म पुग्दा आधामात्र संरक्षितभेरोसेल लगाएका ५० काटेकाहरुमा भ्याक्सिनको प्रभावकारिता घट्दो, ८० सम्म पुग्दा आधामात्र संरक्षित
भेरोसेलको दोस्रो डोज शुक्रबारदेखिभेरोसेलको दोस्रो डोज शुक्रबारदेखि
चीनबाट आयो अन्तिम खेप ‘भेरोसेल’, अहिलेसम्म नेपालमा ९७ लाख ८२ हजार डोज खोपचीनबाट आयो अन्तिम खेप ‘भेरोसेल’, अहिलेसम्म नेपालमा ९७ लाख ८२ हजार डोज खोप
भ्याक्सिनको दोश्रो डोज लगाएको दुईसाता नपुग्दै भाइरसको संसर्गमा आएको खण्डमा त्यस्ता व्यक्तिलाई कोरोना संक्रमण हुनसक्छ । वा त्यस्ता व्यक्ति कोरोना संक्रमणबाट सिकिस्त समेत हुनसक्छन् । त्यस्तै भ्याक्सिनको पूर्ण डोज लगाएपछि पनि कति व्यक्तिमा बलियो प्रतिरक्षा प्रणाली विकाश हुन्छ भने कतिपयमा कमजोर प्रतिरक्षा प्रणाली विकाश हुन्छ । कुनै पनि भ्याक्सिनले शतप्रतिशत व्यक्तिलाई संक्रमण हुनबाट संरक्षण प्रदान गर्दैनन् ।

रोयल मेलबर्न इन्स्टीच्युट अफ टेक्नोलोजीकी भ्याक्सिन विज्ञ कायली क्वीन भ्याक्सिन लगाउनुलाई सिटबेल्ट लगाउनुसँग तुलना गर्छिन् । सिटबेल्ट लगाउँदैमा सधै घाइते हुनबाट जोगिन्छ भन्ने छैन तर लगाएको खण्डमा दुर्घटना भइहालेमा अधिकांश समय घाइते हुनबाट वा गम्भिर घाइते हुनबाट भने जोगाउन सक्छ ।

नेपालमा चाइनिज भ्याक्सिन भेरोसेल लगाउने क्रममा
भ्याक्सिन लगाएकाहरु डेल्टाबाट संक्रमित भइरहेका छन् ?
कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका कैयन व्यक्ति कोरोनाको डेल्टा भेरियन्टबाट संक्रमित भएका विवरणहरु आएका छन् । यो भेरियन्ट बढी संक्रामक तथा छिटो र सजिलोगरी फैलिने भएकाले पछिल्लो समयमा धेरै व्यक्ति यो भेरियन्टबाट संक्रमित छन् । कतिपय अध्ययनले त सुरुको भेरियन्टको तुलनामा डेल्टा भेरियन्टले एकहजार गुणासम्म भाइरल लोड उत्पादन गर्ने निष्कर्ष निकालेका छन् ।

यो भेरियन्टको संसर्गमा आएका धेरै व्यक्तिमा संक्रमणको खतरा रहेको छ । अहिले स्वीकृत कैयन भ्याक्सिनहरुले डेल्टा भेरियन्टबिरुद्ध पनि संरक्षण प्रदान गरिरहेको अध्ययनले देखाएको छ । तर विगतका भेरियन्टको तुलनामा संरक्षण दर भने कम रहेको छ । भ्याक्सिन अनुशार पनि यो भेरियन्टबिरुद्ध संरक्षण दर फरक फरक रहेको छ ।

सीडीसी निर्देशक रोशेल वालेन्स्कीका अनुशार भ्याक्सिन लगाएकाहरुपनि कोरोनाको डेल्टा भेरियन्टबाट संक्रमित भएमा उनीहरुले नाक र घाँटीमा भाइरसको उल्लेख्य लोड बोक्ने पछिल्लो शोधले देखाएको छ । कुनै लक्षण नै नदेखिएका तर डेल्टाबाट संक्रमित भ्याक्सिन लगाएकाहरुले अरुमा सार्न सक्ने खतरा अन्य भेरियन्टको तुलनामा अत्यन्तै बढी रहेको छ ।

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै
के भ्याक्सिन लगाएको व्यक्ति संक्रमित भएमा अरुलाई सार्न सक्छ ?
यदि तपाई भ्याक्सिन लगाइसकेपछि संक्रमित हुनुभएको खण्डमा तपाईले अरुलाई सार्ने जोखिम रहन्छ । तर भ्याक्सिन लगाएको व्यक्ति संक्रमित हुने सम्भावना कम हुने भएकाले सार्ने जोखिम पनि स्वत कम हुन्छ । बर्षको सुरुतिरको तथ्यांकहरुले भ्याक्सिन लगाएका व्यक्तिले अरुलाई सार्ने सम्भावना निकै दुर्लभ रहेको देखाएका थिए । तर डेल्टा भेरियन्टका कारण त्यो जोखिम केही बढेको छ ।

जव कुनै व्यक्ति कोरोना भाइरसबाट संक्रमित हुन्छ, तब उसले आफ्नो सेलहरुभित्र भाइरस पुनर्उत्पादन गरिरहेको हुन्छ र भाइरल लोड बढी हुन्छ । यस्तो अवस्थामा उसले श्वास फेर्दा, खोक्दा, बोल्दा, हाछ्यु गर्दा भाइरसहरु बाहिर निस्कन्छन् र अरुलाई संक्रमण हुन्छ । जुन व्यक्तिमा धेरै भाइरस उत्पादन हुन्छ वा भाइरल लोड बढी हुन्छ, त्यस्ता व्यक्तिले अरुलाई सार्ने जोखिम बढी हुन्छ । बेलायत र इजरायलमा गरिएको अध्ययनले कोरोनाबिरुद्धको खोप लगाएका व्यक्ति संक्रमित भइहाले पनि थोरैमात्र भाइरस उत्पादन गर्ने र बाहिर निकाल्ने भएकाले त्यस्ता व्यक्तिबाट अन्यमा संक्रमणको जोखिम पनि अत्यन्तै दुर्लभ हुन्छ ।

३ लाख ६५ हजार व्यक्तिमा ईंग्ल्याण्डमा गरिएको अर्को अध्ययनमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको व्यक्ति संक्रमित भइहालेमा पनि उक्त व्यक्तिले सोही परिवारमा आफूसँगै बस्दै आएका व्यक्तिलाई कोरोना सार्ने सम्भावना जम्मा ५० प्रतिशतमात्र रहेको पाइएको थियो । सीडीसीको पछिल्लो मापदण्ड अनुशार भ्याक्सिन लगाएकाहरु डेल्टा भेरियन्टबाट संक्रमित भएको खण्डमा उनीहरुले पनि उल्लेख्य रुपमा अरुलाई कोरोना सार्ने गरेको पाइएको बताइएको छ ।

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै
भ्याक्सिन लगाएको व्यक्ति संक्रमित भएमा सिकिस्त हुन्छ?
आष्ट्राजेनेका, फाइजर, जोन्सन एण्ड जोन्सन, मोडेर्ना लगायतका कैयन स्वीकृत भ्याक्सिनहरुले कोरोनाबिरुद्ध बलियो संरक्षण प्रदान गर्नुका साथै यी भ्याक्सिन लगाएकाहरु अस्पतालमा भर्ना हुने अवस्था कमै आएको छ । अमेरिका, अष्ट्रेलिया लगायतमा मुलुकमा पछिल्लो समयमा अस्पतालमा भर्ना हुनेहरुमध्ये प्राय सबै भ्याक्सिन नलगाएकाहरु वा पूर्णरुपमा भ्याक्सिन नलगाएकाहरु रहेका छन् ।

मार्चदेखि जुलाईको बीचमा अष्ट्रेलियामा ६१० जना अस्पताल भर्ना भएकोमा ६ सय जना भ्याक्सिन नलगाएकाहरु रहेका थिए । अमेरिकामा पनि अस्पतालमा भर्ना हुनेहरु प्राय सबै भ्याक्सिन नलगाएकाहरु नै छन् । अर्थान् अस्पतालमा भर्ना भएकाहरुमध्ये भ्याक्सिन नलगाएकाहरु अमेरिकामा ९७ प्रतिशत रहेका छन् । इजरायलको तथ्यांकले पनि फाइजर भ्याक्सिन लगाएका ९७ प्रतिशत व्यक्ति अस्पताल भर्ना हुनु नपरेको देखाएको छ । ब्रिटेनको अर्को अध्ययनले डेल्टा भेरियन्टको संक्रमण भएपनि आष्ट्राजेनेका लगाएका ९२ प्रतिशत र फाइजर लगाएका ९५ प्रतिशतलाई अस्पताल भर्ना हुनु परेको छैन ।

 

भ्याक्सिन लगाएपछि कोरोनाबाट मृत्यु पनि हुनसक्छ ?
भ्याक्सिन लगाएका व्यक्तिको कोरोना संक्रमणबाटै ज्यान जाने घटना अत्यन्तै दुर्लभ छ । यद्यपी पूर्णरुपमा भ्याक्सिन लगाएका केही व्यक्तिको मृत्यु भएका घटनाहरु भने छन् ।

भ्याक्सिनले कैयनको मृत्युहुनबाट जोगाएको छ । तर भ्याक्सिन मृत्यु रोक्न शतप्रतिशत प्रभावकारी भने छैन । भ्याक्सिन लगाएपनि एकदमै दुर्लभ रुपमा केहीको मृत्यु हुनसक्छ । तर अहिलेका लागि ज्यान जानबाट जोगाउने उपयुक्त हतियार भ्याक्सिन नै हो ।

भेरोसेल लगाएका ५० काटेकाहरुमा भ्याक्सिनको प्रभावकारिता घट्दो, ८० सम्म पुग्दा आधामात्र संरक्षितभेरोसेल लगाएका ५० काटेकाहरुमा भ्याक्सिनको प्रभावकारिता घट्दो, ८० सम्म पुग्दा आधामात्र संरक्षित


Last Updated on: August 5th, 2021 at 12:39 pm
१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया