मंगलबार १४ मंसिर २०७८

डोटी: भारतको आन्द्रा प्रदेशमा काम गर्दै आएका डोटीका एक जनाको घरको खतबाट ख,सेर मृ,x त्यु भएको छ । आदर्श गाउँपालिका वडा नं. ६ गिरिचौकाका ४३ वर्षीय गणेश बोहराको शुक्रवार घरको कम्पनीको छतबाट ख,सेर मृ,x त्यु भएको हो । शुक्रवार घरको छतबाट ख,सेर मृ,x त्यु भएको खबर आएको मृ,तक गणेशका भाइ भरत बोहराले जानकारी दिए ।

शनिवार पोस्ट मा,र्टम पछि आन्द्रा प्रदेशमा अन्त यष्टी गर्ने तयारी रहेको भाइ भरतले जानकारी दिएका छन् ।

लामो समय देखी कम्पनीमा मेकानिकलको काम गर्दै आएका बोहराका दुई छोरा दुई छोरी र श्रीमती घरमा छन् ।

 

 

फ्रिजमा खानेकुरा सुरक्षित होस् भनेर राख्ने गरिन्छ तर लामो समयसम्म फ्रिज सफा नभए, खोल्ना साथ दुर्गन्ध आउँछ ।

फ्रिजमा राखिएका खानेकुराको गन्ध एकआपसमा मिलेर दुर्गन्धमा परिणत हुन्छ । अथवा फ्रिजभित्रै केही खानेकुरा कुहियो भने पनि दुर्गन्ध फैलिने गर्दछ । यस्तोमा फ्रिजको दुर्गन्ध हटाउने केहि घरेलु उपाय यस्ता छन्-

क) कागती

हरेक भान्सामा सहजै पाउन सकिने कागतीको रस निकालेर पानीसँग मिसाएर फ्रिजभित्र राख्दा यसले फ्रिजको दुर्गन्ध हटाउँछ । अथवा काटिएको कागतीलाई यत्तिकै फ्रिजमा राख्दा पनि फ्रिजको दुर्गन्ध हट्ने गर्दछ ।

ख) सुन्तला वा पुदिनाको जुस

सुन्तला वा पुदिनाको जुसको प्रयोगले फ्रिजको दुर्गन्ध हटाएर सुगन्ध भर्न सकिन्छ । यसमा दुर्गन्ध सोस्ने क्षमता हुन्छ । यसकालागि फ्रिज सफा गर्ने पानीमा सुन्तला र पुदिनाको रसको केही थोपा मिसाएर सफा गर्न सकिन्छ । यो जुस कचौरामा राखेर फ्रिजभित्रै राखे झन् छिटो नतिजा पाउन सकिन्छ ।

ग) पत्रिका

धेरैलाई थाहा नहोला, तर पत्रिकाको प्रयोगले पनि फ्रिजको दुर्गन्ध हटाउन सकिन्छ । यसमा दुर्गन्ध सोस्ने क्षमता हुन्छ । फ्रिजमा राखिने खानेकुरालाई पत्रिकाले छोप्न पनि सकिन्छ । यस अलावा फ्रिजमा पत्रिकाको एक मुठो राखेमा दुर्गन्ध हट्ने गर्दछ ।

घ) कफीको बियाँ

कफीको केही बियाँलाई कचौरामा राखेर फ्रिजमा राखेमा फ्रिजबाट दुर्गन्ध जाने मात्र होइन, फ्रिजभित्र कफीको बास्ना समेत आउँछ ।

ङ) खाने सोडा

धेरैले फ्रिजको दुर्गन्ध हटाउन खाने सोडाको प्रयोग गर्दछन् । खाने सोडालाई एउटा कचौरामा राखेर फ्रिजभित्र राखेमा यसले फ्रिजको दुर्गन्ध हट्ने गर्दछ ।

 


Last Updated on: September 18th, 2021 at 2:37 pm
१३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया