सोमबार ०४ आश्विन २०७८

केही दिन अघि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका सबै ४९ जना सांसदले मन्त्रीको आशा गरेको बताएका थिए । अहिले माओवादी सांसदहरु धमाधम पुराना अनुहार मन्त्री मण्डलमा नपठाउन र नयाँलाई चान्स दिन ब्यपाक गुटवन्दीमा लागेका छन् । उनीहरुलाई कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, विना मगर दोहोरीएमा आफ्नो पालो नआउने होकी भनेर चिन्तामा छन् ।

यसरी पुराना अनुहार नपठाउन र नयाँलाई चान्स दिन भन्दै वकालत गर्नेमा सांसद गजेन्द्र बहादुर महत एक हुन् । सांसद महतले पार्टीमा पूरानै अनुहार मन्त्री बन्न कम्मर कसेर लागेको गुनासो पोखेका छन् । बुधबार राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ,‘मन्त्री बनाउनको लागि पार्टी नेतृत्वले मापदण्ड बनाईरहेको छ । ७ वटा प्रदेश छन्, सबैबाट समेट्नुपर्यो । दलित, जनजाति, महिलालाई समेट्नुपर्यो । भागमा थोरै परेको छ । यो महशुस गरेका छौं । स्थायी कमिटीले मापदण्ड बनाउने हो । अहिले पार्टीमा के छ भने स्थायी कमिटीभन्दा बाहिर जानुभएन, र अर्को म भन्दा बाहिर पनि जानुभएन भन्ने देखियो । म भईनँ भएन मेरो गुटको र मेरो आशेपाशे हुनुपर्छ भन्ने चिन्तन भयो । मन्त्री पद त व्यक्तिको जस्तो भैसक्यो । यत्रो ठूलो संघर्ष गरेर आएका छौं । यत्रो ठूलो घाईते छन् । सहिद परिवार छन् । मन्त्री भनेको सबैको हो नि । अहिले त म बाहेक अर्कोले चलाउनै सक्दैन भन्ने देखियो ।’

अध्यक्ष पुष्पकमल दाहाललाई पनि मन्त्री कसलाई बनाउने भनेर परेको अवस्था चि र्न निकै गार्हो परेको सुनाए । उनले भने, ‘पहिले पनि बुहारी मन्त्री बनेर आउनुभयो, त्यतिवेला उहाँ फ स्नु भयो । त्यतिबेला त फेरि लेखराज भट्टले नै प्रस्ताव गरेका हुन् । त्यतिवेला उहाँले बुहारीलाई मन्त्री बनाउन चाहनुभएको थिएन । तर, अरु सबैले कसरी प्रस्ताव गरे भने प्रचण्डको नजिक हुनको लागि बुहारीलाई मन्त्री बनाउनुपर्छ भनेर प्रस्ताव गरे । अनि त्यहाँ फ स्नु भयो उहाँ ।’ प्रचण्डले बुहारी बिना मगरलाई मन्त्री बनाउनु ठूलो गल्ती थियो भन्ने धारणा राखे । उनले फेरि यस्तो गल्ती नदोहोर्याउन र नयाँ अनुहार सरकारमा पठाउन पार्टी नेतृत्वलाई आग्रह गरे ।

 


Last Updated on: August 5th, 2021 at 1:24 pm
३१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया