मंगलबार ११ माघ २०७८

पोखरा महानगरपालिका वडा नम्बर १७ छोरेपाटनमा गएराती परेको अविरल वर्षासंगैको बाढीले जमीन भा’सिदा दुई घर जोखिममा परेका छन्। छोरेपाटन चौतारानजिकै जमीन भासिदा स्थानीय विमला बोगटी र डिल माया गुरुङको घर जोखिममा परेका हुन् ।

छोरेपाटन प्रहरी चौकीका प्रहरी नायव निरीक्षक महेन्द्र पौडेलले दिएको जानकारी अनुसार, सिद्धार्थ राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित शीतल चौतारापछाडि अस्थायी प्रहरी पोष्ट नजिकै सडकबाट १५ मिटर छेउमा करिब १२ वर्ग मिटर क्षेत्रफल भासिएको छ ।

विमला बोगटी र डिलमाया गुरुङको घरअघि नै जमिन भासिएपछि त्यहाँ रहेका भाँडा पसल दुई वटा किराना पसल बन्द गरिएको छ भने आकाशको पानीबाट जोगाउन घर र जमिनको भागलाई त्रिपालले छोपिएको छ । उक्त क्षेत्रमा रहेको सौर्य बत्तीको पोल रहेको जमिन समेत एक मिटर तल दबिएको छ ।

हाल भासिएको स्थानको १० मिटर दुरी उत्तरस्थित सडक क्षेत्रमा करिब एक महिना अघि पनि भासिएको थियो । त्यतिबेला उक्ता स्थानमा ग्रेगरसाहित ढुंगा माटोले पुरिएकोमा हाल सोहि स्थान नजिकै भासिएको हो ।भिडियो सहीत


Last Updated on: September 19th, 2021 at 10:07 am
२४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया