मंगलबार ०३ जेठ २०७९

रोजगारीका लागि दक्षिण कोरिया गएका भोजपुरका एक युवाको उपचारको क्रममा मृत्यु भएको छ । साल्पासिलिछो गाउँपालिका १ कुलुङका २८ वर्षीय सुजन घलेको नुनसानस्थित स्थानीय अस्पतालमा हिजो (शुक्रबार) मृत्यु भएको सिओलस्थिति नेपाली राजदूतावासले जनाएको छ ।

तीन हप्ताअघि काम गर्ने क्रममा एक्कासी बेहोस भएर ढलेपछि घलेलाई अस्पताल भर्ना गरिएको थियो । भोजपुर परिवार दक्षिण कोरिया संघलेका अनुसार उनको मुटु र टाउकोमा समस्या देखिएको थियो ।

सात वर्षअघि कोरिया आएका मृतक घले केही वर्ष अघिदेखि गैरकानूनी रुपमा बस्दै आएका थिए । गैरकानूनी रुपमा बस्दै आएकाले घलेको सम्बन्धि ठूला अस्पतालमा समयमा नै उपचार गर्न नसकिएको संघले जनाएको छ । विभिन्न संघ संस्थाहरुसँग समन्वय गरी सम्बन्धित अस्पतालको भर्नाको प्रक्रिया हुँदै गर्दा नै घले मृत्यु भएको संघको भनाइ छ ।

संघको अनुसार उनको उपचारमा साढे तीन करोड वोन खर्च भएको छ । गैर कानूनी रुपमा बसोबास गर्दा स्वास्थ्य बिमा नहुने र उपचार महङ्गो परेको संघले जनाएको छ । संघका अनुसार अझै दुई करोड ५० लाख वन र्तिन बाकीँ रहेको छ ।

मृतक घलेको कम्पनीबाट दुई करोड २५ लाख र बाकीँ रकम २५ लाख वोन मृतकका तर्फबाट तिर्नुपर्ने छ । अस्पतालमा तिर्न बाकीँ २५ लाख, शव गृह खर्च ९अनुमानित० ११ लाख र हवाईजहाज खर्च ५४ लाख गरी लगभग कुल ९० लाख वोन रकम आवश्यक भएको संघले जनाएको छ ।

घलेको शव दूतावाससँग समन्वय गरी २६ सेप्टेम्बरमा सिंगापुर एयर लाईन्स मार्फत नेपाल पठाउने तयारी गरएको संघले जनाएको छ ।

 

 


Last Updated on: September 19th, 2021 at 12:10 pm
१२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया