आइतबार ३१ आश्विन २०७८

असोज ३,काठमाण्डौँ ।दशैँ तिहारलाई लक्षित गर्दै काठमाण्डौँ देखि काँकटभित्तासम्म चल्ने बुलेट एसी बस सञ्चालनमा आएको छ ।

करिब ७ करोड रुपैँयाको लगानीमा सञ्चालनमा आएको बुलेट बसमा अत्याधिक सुबिधाहरु रहेको कम्पनीले जनाएको छ । बुलेट एसी प्रा.लि.ले देशभरका सात सहरका लागि उक्त बस सञ्चालनमा ल्याएको हो । कोभिडको महामारीलाई ध्यानमा राख्दै सुरक्षाको मापदण्डसहित बस भित्रै प्राथमिक स्वास्थ्य उपचारको सेवा सहित बस सञलनमा आएको हो ।

 

कम्पनीका अनुसार सामान्य रुघाखोकीका बिरामी भएका निशुल्क औषध ससमेत बितरण गरिनेछ । भाइकिङ्ग बस भएका कारण यसमा सवार यात्रुका लागि कम्पनिले प्राथमिक स्वास्थ्य उपचारका लागि प्रयोग गरिने स्वास्थ्य किट उपलब्ध गराईने छ ।

स्वास्थ्य किट उपलब्ध गराए वापत यात्रुले अतिरिक्त शुल्क भने बुझाउनु नपर्ने कम्पनीले जनाएको छ ।काठमाण्डौँको जोरपार्टी,चाबहिल गौशाला,कोटेश्वर,सातदोबाटो हुँदै धरान,बिराटनगर देखि काँकडभित्ताको लागी सुबिधा सम्पन्न इएर सस्पेन्शन एसीबस सञ्चालन हुनेछ । बुलेट बसमा यात्रा गर्दा हवाई जहाज चढेजस्तै महसुस हुने र सुबिधा पनि उस्तै रहेको दाबी कम्पनीको छ । बुलेट बसमा यात्रा गर्न यात्रुले अनलाईन तथा बुकिङ काउण्टरबाट टिकट लिन सकिनेछ । उक्त एयरबस ३९ सिट क्षमताको रहेको छ ।

 


Last Updated on: September 19th, 2021 at 4:15 pm
४०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया