बुधबार १० कार्तिक २०७८

हिजो मात्रै एक अपरिचित महिलाले भेरी नदीमा हा’म फा’लिन भन्ने खबर बाहिरिएको थियो।

उनि ३१ बर्षिय अमिला परियार रहेको खुल्न आएको छ उनि अझै बे,पत्ता रहेकी छिन ।

भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर भेरी नदीमा हा’मफा’लेकी थिइन्

भनेर जता ततै मिडियाहरुले छापे पनि तर उनका आफन्तका आनुसार उनि आधा शरीर नुहाउन भनेर गएको बताईएको छ ।

आफू मलामी गएको बेला भेरी नदी किनारबाट महिलाले हा’मफा’लेको प्रदेश सभा सांसद पदमा खड्काले बताइन् ।

‘नदी किनारामा केही कागज र कपडा छन्, प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन,’ उनले भनिन्, ‘तत्काल उनको खोजी र पहिचानका लागि प्रहरीचौकी सुब्बाकुनालाई खबर गरिदिएका छौं ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले पनि घटनास्थलमा प्रहरी गएकाले थप विवरण केही बेरमा थाहा हुने बताए । नदीमा हाम फालेकी महिलाले नदी किनारमा केही सामान छाडेकी छन्


Last Updated on: September 19th, 2021 at 4:53 pm
३९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया