बुधबार १० कार्तिक २०७८

काठमाडौं : नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका विष्णु माझीलाई सरकारले प्रवल जनसेवाश्रीबाट विभूषित गरेको छ। ​

हालसालै बजारमा आएको तीजको गीत चरी जेलैमा सर्वाधिक चर्चामा आएपछि माझीलाई सार्वजनिक हुन जनस्तरबाट दबाव बढ्दै जाँदा उनको अवस्था बुझ्न स्याङ्जा प्रहरी उनको माइती घर पुगेको थियो। निकै चर्चित गीत गाउँदै आएकी माझी भने कुनै कार्यक्रममा पनि सार्वजनिक भएकी छैनन्।

माझीसँगै प्रवल जनसेवाश्री पाउने गायकमा देविका प्रधान, कुलेन्द्र विश्वकर्मा र चन्द्र प्रसाद शर्मा छ। सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई विभूषणबाट सम्मान गर्दै आएको छ।

उक्त विभूषण राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने छ।

लोक गायिका विष्णु माझीको गीत हामी सबैले सुनेका छौँ ।विभिन्न सुपर हिट लोक गीतमा आफ्नो आवाज दिदेकी विष्णु माझी वर्षौंदेखी हामी सबै नेपालीको मनमा बस्न सफल भएकी छिन् ।उनको कर्णपृय आवाजको सबै नेपाली प्रशंसा गरेका छन् ।

गायिका विष्णुले सयौं लोक गीतमा आफ्नो स्वर दिएर गीतलाई अ मर बनाएकी छिन् ।उनले सालको पत टपरी हुने,चरी जेलैमा,सिलाइ दिउला भोटो,आकाश जुनकै हो लगायतका गीत नेपालीको मनमा बस्न सफल भएका छन् ।गत समयमा चरी जेलैमा नामक गीत आएपछि धेरैले यो गीत उनकै जीवनमा मेल खाने र उनकै जीवनको गीत समेत बताएका छन् ।

विष्णु माझी अहिलेसम्म गुमनाम जीवन बाचिरहेकी छिन् ।उनले गीत गाउदा स्टुडियो गएर गीत गाउने र गुमनाम भएर बस्ने गरेकी छिन् ।अहिलेसम्म उनले कुनै मेलामा विदेश वा देश भित्रै कतै गएकी छैनन् ।यसपालिको तीजमा उनको चरी जेलैमा नामको गीतले उनलाई सार्वजनिक गर्नु पर्छ भन्ने धेरै जनताले आशा गरेका छन् ।

तर आज संविधान दिवसको दिन राष्ट्रपती विद्यादेवी भण्डारीले विष्णु माझीलाई “प्रवल जनसेवाश्री” पदकले सम्मान गरिने भएको छ ।आज सम्मान गर्दा उनी सार्वजनिक हुन्छिन् कि हुन्नन् भन्ने चासो को विषय रहेको छ ।सार्वजनिक हुँदापनि उनलाई सबैले देख्न पाउछन् कि पाउदैनन् भन्ने कुरा हेर्न बाकी छ ।


Last Updated on: September 19th, 2021 at 6:55 pm
३२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया