शुक्रबार ०८ आश्विन २०७८

धनगढ़ी एक सशस्त्र प्रहरी जवान कार्यालय परिसरमा मृत अवस्थामा फेला परेका छन् । धनगढी उप-महानगरपालिका वडा नम्बर १ स्थित रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटर कैलालीमा कार्यरत प्रहरी जवान डडेल्धुरा भागेश्वर गाउँपालिका–१ का ३१ वर्षीय हरिशकुमार शाही मृत अवस्थामा फेला परेका हुन् ।
शाही कार्यालय परिसरभित्र उत्तरतर्फको कम्पाउण्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।
मृतक शाहीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।


Last Updated on: August 5th, 2021 at 3:10 pm
१७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया