मंगलबार ०३ जेठ २०७९

आजभोलि मोबाइलमा बसेर धेरैले प्रयोग गर्ने लोकप्रिय सामाजिक सञ्जाल टिकटकको प्रयोगकर्ताहरू दिनानु दिन बढीरहेका छन्।यसले मानिसहरूलाई आफूले चाहेको गीत,डाइलग,जस्ता विभिन्न कुराहरूको छोटो अभिनय गर्न मिल्ने सुविधा समेत दिएको छ।आज भोलि यसैको माध्यमबाट कतिपय आवाज हरू, पी’डा,खुसी,महत्वपूर्ण अवसरहरू साटासाट गर्ने पनि गरिरहेका हुन्छन्।

टिकटकमा लाइभ बसेर १४ महिनामै १ करोड ५० लाख जति कमाएर महेन्द्रनगरमा एउटा घर,गाडी समेत जोड्न सफल भएका छन् कञ्चनपुरका अन्शु बर्मा।उनलाई कतिपयले ट्यापट्यापे भनेको प्रती लक्षित गर्दै आफूलाई त्यसो भन्दै आलोचना गर्नेहरू लाई आफू जति कमाएर देखाओ भन्दै चुनौती समेत दिएका छ्न्।नेपाल अपडेटका पत्रकार मोहन बस्नेतले उनलाई आफ्नै घर कञ्चनपुरमा पुगेर भेटी कुराकानी समेत गरेका छन्।

टिकटकमा दैनिक लाइभ बसेर औसतमा लगभग १ लाख १५ हजारको दरले कमाएर मासिक रू.३५ देखि ४० लाख सम्मको आम्दानी गर्न सक्ने भएका छन्। उनले अहिले काठमाडौँमा पनि एउटा घर किन्ने तयारीमा छन् उनी यति खेर।टिकटक खुलेको १४ महिनामा नै उनले यति धेरै प्रगति गरेर देखाएका हुन्।उनलाई र उनीसँगै लाइभ बस्ने होस्टहरूलाई समेत अहिले धेरैले आफूलाई जिताइदिन आग्रह गरिरहेका हुन्छन्।

उनको रूम यति राम्रोसँग सजाइएको छ कि उनले आफू सुत्ने सिरानीमा समेत टिकटकको लोगो र बुबाआमाको फोटोलाई राखेका छन्।साथै उनले भित्तामा आफ्नो टिकटकमा निकै नै भाइरल भएको फोटो समेत राखेका छन्।लाइभमा आउँदा मिनिमम उनले सात ओटा जति मोबाइलको प्रयोग गर्ने गरेका छन्।उनको कोठामा देखिने रूम पृष्ठभुमि पनि त्यहाँ देख्न सकिन्छ जुन टिकटकमा समेत देख्न सकिन्छ।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया लेख्न नभुल्नुहोला।

 

 


Last Updated on: September 20th, 2021 at 11:22 am
३२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया