शुक्रबार ०८ आश्विन २०७८

आजकाल नेपालमा कलाकारिता क्षेत्र निकै फस्टाएको छ । यहाँ हरकोई कलाकारिता गरेर रमाउन चाहन्छ । टेलिभिजन,युटुब र टिकट्क बाट हरेक दिन नया प्रतिभाहरु पनि निस्किरहेको हामी देख्दै आएका छौ। र यी माध्यम बाट अलिकती नाम कमाउन थाले पछि काठमाडौ जाने र उतै बसेर कलाकारिता मा डु,बे पछि आफ्नो ठाउलाई बिर्सिने गरेको पनि हामिले सुन्दै आएका छौ । तर आफ्नै ठाउ झापा दमक मा बसोबास गरेर पनि कलाकारिता गर्न सकिन्छ आफ्नो ठाउलाई चिनाउन सकिन्छ भन्ने हेतुले दमकका स्थानिय कलाकारहरुले hello damak युटुब च्यानल मार्फत “लोकेन्द्रको ठेला” नामक छोटो फिल्म सार्बजनिक गरेका छन ।

फिल्मको कथा एउटा ठेलावालाको जीवन मा आधारित रहेको र कोरोना महामारिले मजदुर हरुको जीवन मा कस्तो असर पार्यो त….? र सरकारले ती गरिब मजदुरहरु लाई के कस्तो सहयोग गर्यो त भन्ने विषय लाई उठान गरेर उक्त छोटो फिल्म बनाएको जानकारी यसै फिल्मका लेखक तथा निर्देशक मनोज खत्रीले दिएका छन । उक्त फिल्म मा बिबेक राउत,दिया भण्डारी,रबिन दहाल,पुनम कुमाल,केशब कार्की,दोर्न ढुङ्गेल र दिब्या भण्डारी को अभिनय रहेको छ…


Last Updated on: August 5th, 2021 at 4:07 pm
३८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया