सोमबार ०३ माघ २०७८

१९ वर्षदेखि बुवाको अनुहार हेर्ने आशामा बसेका छोराको हातमा शवको बाकस परेपछि…
अशोज ४, २०७८

लमजुङ दूधपोखरी गाउँपालिका–६ का गोविन्द थापा २० वर्षपछि घर त फर्किए, तर श व बनेर बाकसमा । उनको यो बाकसले धेरै कथा बोकेको थियो ।
उनले भर्खर बोल्न सिक्दै गरेका आफ्ना २ छोरालाई नेपालमै छोडेर गएका थिए । अहिले उनीहरु पनि लक्का ज’वान भैसके । छोरा डेल्सन थापा मगर ३ वर्षको हुँदा उनी विदेश गएका थिए ।

अर्का छोरा पनि ५ वर्षका मात्र थिए । त्यसैले बुवाको अनुहार राम्रोसंग आँखामा पनि बस्न पाएको थिएन । उनीहरुले जिवनको एउटै सपना बोकेका थिए बुवालाई भेट्ने । २० वर्ष पनि उनीहरुको सपना पनि पुरा भयो तर उनका बुवा न बोल्न सक्थे न त उनीहरुका आँशु नै देखे । सुरुका दिनमा विदेश गएपछि पैसा पठाउँदै गएका गोबिन्दका कारण परिवारमा खुसी बढ्दै थियो ।

तर त्यो खुसी पनि धेरै दिन टिकेन । विस्तारै उनले सम्पर्क घटाउन थाले । फोन आउन बन्द भयो । तर पनि उनकी श्रीमतीले दुई छोरालाई राम्रो भविष्य दिइन् । छोराहरुलाई बुवाको कमी हुन नदिने पुरा प्रयास गरिन् । तर उनले पनि पुरा जिवन जि उ न पाइनन् । श्रीमान सम्पर्क विहिन भएको चिन्ता गर्दै बसेकी उनीहरुकी आमा पनि बितिन् । त्यसपछि दुई छोराको सहारा पनि खोसियो ।

१९ वर्षदेखि मलेसियाको पेनाङमा अ वैध रूपमा बसिरहेका गोविन्द अन्ततः सम्पर्कमा आए । डेल्सनले बारम्बार घर आउन दबाब दिइरहे । उनको दबाबपछि गोविन्द घर फर्किन र बाँकी जीवन परिवारसँगै बिताउने सोचमा नेपाल फर्किन तयार भए । तर, दुर्भाग्य उनले नेपाली भूमि टेक्नै पाएनन् ।

विमानस्थलमै अचानक वे’होस भएर ल डे । उनलाई अस्पताल लगियो । गत सेम्टेम्बर २ तारिखमा उनलाई अस्पतालले मृ त घोषणा गरिदियो । आफन्त र मलेसियामा बस्ने नेपालीहरुको आर्थिक सहयोगमा उनको श व नेपाल ल्याइएको हो ।

शनिबार गोविन्दको श व सहित अन्य पाँचजनाको श व नेपाल आइपुगेको छ । त्यस्तै, विभिन्न कारणले मृ त्यु भएका र मलेसियामै सद्गद् गरिएका १५ जनाको अ स्तु समेत नेपाल आइपुगेको छ । यसअघि पनि एक साताअघि मलेसियाबाट ८ जनाको श व र १४ अ स्तु नेपाल ल्याइएको थियो । यसको विस्तृत समाचार फरकधारमा छ ।

 


Last Updated on: September 20th, 2021 at 12:42 pm
१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया