आइतबार ३१ आश्विन २०७८

काठमाडौं ४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि भन्दै माधव नेपालको साथ छोडी एमाले पार्टीमा सहभार्गए भएका नेताहरुलाई नेकपा माओमवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सारथी भएको बताएका छन् ।

ओलीले आज आफ्नो राजनीतिक दस्तावेजमा नेपाल को साथ छोडी आफुतिर आएका भीम रावल , योगेश भट्टराई, गोकर्ण विष्ट , अष्टलक्ष्मी शाक्य , सुरेन्द्र पाण्डे लगायलाई प्रचण्डको सारथी भएको आरोप लगाएका हुन् ।

ओलीले १० बुँदे सहमति गरेर पार्टी एकताको पक्षमा उभिनेहरु कुनै बेला पहिलो सरकार विस्थापित गर्ने योजनाकार र प्रचण्डका सारथिको रुपमा काम गरेको आरोप लगाएका हुन् ।

ओलीले प्रस्तुत गरेको राजनीनि दस्तावेजमा भनिएको छ , ‘१० बुँदे प्रस्तावको कार्यान्वयन र पार्टी एकता जोगाउन प्रदर्शित अधिकतम लचकताका बाबजुद हरहालतमा पार्टी विभाजन गरी छाड्ने योजना स्पष्ट भएपछि पार्टीभित्रको अन्तरसंघर्षमा उनीहरूको साथमा रहनुभएका अधिकांश कमरेडहरू त्यसलाई अस्वीकार गरेर एकताको पक्षमा उमिनु भएको छ’ ।

 


Last Updated on: September 20th, 2021 at 5:22 pm
१६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया