सोमबार ०३ माघ २०७८

मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा एक युवती आफ्नै कोठाभित्र मृतावस्थामा फेला परेकी छन् । आइतबार बिहान ७ बजेतिर कोठाभित्र चु’कुल लगाएको अवस्थामा स्थानीय २४ वर्षीया रोजिना गिरी मृतावस्थामा फेला परेकी हुन् ।

 

शनिबार साँझ सलकपुर बजार घुमेर फर्किएकी युवतीको शव आइतबार बिहान सलको पा ‘सो ल’गा’एर झु’ ‘ण्डिएको अवस्थामा भेटिएकी हुन् । छिमेकी गोविन्दबहादुर बस्नेतले जानकारी दिएपछि घट्ना बाहिर आएको हो।

 

‘भित्रबाट चुकुल लगाएको अवस्था थियो,’ उनले भने, ‘मेरो रोहबरमा प्रहरीले ढोका फु’टा’एर भित्र पस्दा शव भेटिएको हो ।’ उनका अनुसार रोजिनाको अनुहारमा नि’ल डा’म छ ।

 

आइतबार नै शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ । आज शवको पोस्टमार्टम हुनेछ । रिपोर्ट आएपछि घटनाको विवरणबारे जानकारी पाइने भएको छ ।

 

मोरङको सुन्दरहरैँचा–८ सलकपुरका विनोद काफ्ले र उर्लाबारी नगरपालिका दुर्गापुरीकी रोजिना गिरीले गत वर्षमात्र आफ्नो प्रेमलाई विवाहमा रुपान्तरण गरेका थिए । सामाजिक सञ्जाल फेसबुकबाट भएको चिनजानलाई विवाहमा रूपान्तरण गरेको एक वर्ष पनि पुग्न नपाउँदै पति–पत्नीबीचको बिछोड भएको छ

 


Last Updated on: September 20th, 2021 at 6:06 pm
२२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया