शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा स्थायी कमिटी सदस्य रघुजी पन्तले आफूहरु सरकारमा नजाने बताउनुभयो ।

‘सरकारमा जाने सम्भावना नै छैन,’ उहाँले भन्नुभयो, ‘हामी एउटै पार्टीमा छौं, अपोसिजसनमा छौं ।’

बैठकमा १० बुँदे सहमति र वार्ताको विषयमा विघटित कार्यदलका संयोजक भीम रावलले व्याख्या गर्नुभएको पन्तले जानकारी दिनुभयो ।

उहाँले पार्टी एकतातर्फ सकारात्मक भएको बताउँदै वार्ता अझै जारी रहेको बताउनुभयो । ‘दुवै तर्फको वार्ता टोली संवादमा छ,’ उहाँले भन्नुभयो, ‘वार्ता सकारात्मक छ ।’

पन्तले सुकुम्बासी आयोगको सन्दर्भमा सरकारले सबै दलसँग छलफलपछि मात्र खारेजीको नि¬र्णय गरेको भए राम्रो हुने प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्


Last Updated on: August 5th, 2021 at 6:09 pm
२३० पटक हेरिएको

तपाईको प्रतिक्रिया