आइतबार ३१ आश्विन २०७८

डौ । आजभोलि महिलाहरुको रहस्यमय निधनले समाज र परिवारलाई चिन्तित बनाएको छ ।    । फेरि मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा एक युवतीको शव कोठाभित्र फेला परेको छ । उनी विवाहिता हुन् । श्रीमान वैदेशिक रोजगारीका लागि दुवईमा छन् ।

आइतबार बिहान ७ बजेतिर कोठाभित्र उनको शव फेला परेको हो । ढोकामा चुकुल लगाएको छ । ती युवती स्थानीय २४ वर्षीया रोजिना गिरी भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ सलकपुर बजार घुमेर फर्किएकी युवती आइतवार विहान मृ त फेला परेकी हुन् । उनी सलमा झु ण्डि एको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । छिमेकीले खबर गरेपछि स्थानिय जनप्रतिनिधि र प्रहरी घटनास्थल पुगेका थिए ।

घटनास्थल र शवको प्रकृति संकास्पद देखिएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर सरोज खनालले जानकारी दिए । शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । कोठामा भित्रवाट चुकुल लगाएको अवस्थामा रहेका कारण उनले आफै यस्तो निर्णय गरेको हुनसक्ने प्रहरी अनुमान छ ।

नातामा रोजिनाको बहिनी पर्ने मनिशा क्षेत्रीले सामाजिक सञ्जाल फेसबुकमा रोजिनाको केही तस्विर राख्दै सासु, आमाजु र जेठानीलाई अनुसन्धान गर्नुपर्ने माग राखेकी छन् ।

रोजिनाको केही वर्षअगाडि मात्र विवाह भएको बताइएको छ । हाल उनका पति वैदेशिक रोजगारीका लागि दुबईमा रहेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।

मोरङ रोजिना का’ण्डः एउटा मान्छेले राति ढोका ढ’क्ढ’क्या’उँदै थियो, बाहिरियो यस्तो कुरा (भिडियो सहित)
दिउसो बुबाले भेटेर गएको छोरी साझ साथीले हेर्दा…..
स्वीजरल्याण्डमा बन्यो वीरेन्द्र नामको बि’यर, पूर्वराजाको सम्मान कि अपमान ?
छात्रासँगै बेन्चमा बसेर पूर्व युवराज्ञी हिमानीले भनिन्- ‘मलाई पनि म्याथ र साइन्स गाह्रो भएको थियो’


Last Updated on: September 21st, 2021 at 11:29 am
२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया