सोमबार ०३ माघ २०७८

जब सारंगी बजाउँदै जोगीको भेषमा २२ वर्षपछि श्रीमान भिख माग्न घरमै आइपुगे वि…
‘चरि जेलैमा’ बोलको तीज गीत सर्वाधिकार हिट भएपछि गायिका माझीलाई खोज्ने भीड लागेको हो । सञ्चारमाध्यम मिडियाले चासो देखाएपनि उनको बिषयमा खास समाचार बाहिर ल्याउन भने कसैले सकेनन् ।

केहिदिन अघि उनको अवस्था बुझ्न प्रहरी समेत माइतीघर स्याङ्जामा पुगेको थियो ।

गामाझीको चरि जेलैमा हिट भएपछि स्टुडियोमा कसरी गीत रेकर्डिङ गरिन्छ भन्ने एक काल्पनिक भिडियो समेत सार्वजनिक भएको छ । तर भिडियोमा देखिएकी गायिका भने बिष्णु माझी हैनन् । विष्णु माझी र श्रीमान सुन्दरमणीको नक्कल गरेर अन्य कलाकारले अभिनय गरेका छन् ।

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।

सोहि क्रममाचर्चित गायिका विष्णु माझी र गायक शक्ती चन्दकाे आवाजमा स्याउला बाेलकाे गीत सार्वजनिक भएकाे छ ।

‘बसाैं माया ओछ्याइ स्याउला बरु स्याउला भाँचेर मै ल्याउँला’ एउटा नेपाली टिपिकल शब्द ! यस्तै धेरै टिपिकल शब्द मिलाएर चर्चित गायिका विष्णु माझी र गायक शक्ती चन्दकाे आवाजमा स्याउला बाेलकाे गीत सार्वजनिक भएकाे छ ।

गोरखाली सर्जक चन्द्र परियारको उत्कृष्ट लय शब्द सृर्जनामा उक्त गित सजिएको छ |
पहाडी भागकाे हरियाली क्षेत्रमा छायाकंन गरिएकाे गीतकाे म्यूजिक भिडियाेमा चर्चित माेडल करिष्मा ढकाल र अभिषेक श्रेष्ठलाइ पनि देख्न सकिन्छ ।

गीतमा ‘वनकाे माया वनमै, मनकाे माया मनमै’ जस्ता शब्दहरु पनि सुरुमै सुनिन्छन् । गीतकाे निर्देशन राजकुमार मगरले गरेका छन् ।


Last Updated on: September 21st, 2021 at 12:10 pm
३११ पटक हेरिएको

तपाईको प्रतिक्रिया