मंगलबार १४ मंसिर २०७८

धनगढी । भारतसँग खुल्ला सीमा-नाका रहेको कञ्चनपुरमा भारतबाट ठूलो परिमाणमा विभिन्न मालसामानहरु नेपाल आयात हुने गरेका छन् । जिल्लाका दक्षिणी क्षेत्र पुर्नवास नगरपालिका र बेलौरी नगरपालिकाका विभिन्न स्थानमा रहेका खुल्ला नाकाबाट लामोसमयदेखि तस्करी हुदै आएको छ । विगत लामोसमयदेखि प्रहरीकै सेटीङ्गमा राजश्व छली गरेर विभिन्न माल सामानहरु नेपाल आयात हुँदै आएका छन् । जसको कारण एकातिर राज्य कोषमा जम्मा हुने ठूलो राजश्वमा घाटा हुँदै गएको छ भने अर्को तर्फ नेपाली व्यापारीहरु विस्थापत हुन थालेका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सेटिङ्गमा भारतबाट दैनिक उपभोग्य वस्तुहरु दाल, चामल, चिनी, तेल, साबुन, सोडा, लुगाकपडा खुलेआम नेपाल आयात हुँदै आएका छन् । यो संगै यी नाकाहरुबाट कुखुरा, अण्डा, पिय पदार्थ (कोक, डिउ, मिरीन्डा, स्प्रईड) हार्डवयरका सामान, विभिन्न मेसिनरी सामानहरुका पार्ट, गाडीका पार्टहरु रासायनीक मल आदी माल लगाएत दैनिक लाखौका सामानहरु नेपाल भित्रिने गर्दछ । यस्ता कार्य नियन्त्रणको लागी स्थानीय प्रशासनले कुनै चाँसो नदेखाएको स्थानीय व्यापारीहरुले गुनासो गरेका छन् ।

यस क्षेत्रमा खटीएका प्रहरीकै मिलेमतोमा तस्करी हुने गरेको छ उनीहरुको आरोप रहेको छ । दैनिक लाखौँ मुल्य बराबरका सामान भित्रिने गरेका छन् । तर सीमा क्षेत्रमा सुरक्षार्थ खटिएका सुरक्षा बल भने नदेखे झै गर्दै आएको स्थानीय बताउँछन् ।

रातको समयमा बढी चोरी निकासी

विषेशगरी रातको समयमा बढी चोरी निकासी हुने गरेको पाईएको छ । रातको समयमा सीमापारी भारतिय बजारमा गई विभिन्न खाले प्रतिबन्धित सामानहरु लागुओषौधरु समेत यि नाकाहरुबाट ओसार पोसार गर्ने ग्रिहो सक्रिय रहेको छ । तर प्रहरीले यस्ता अवैध काम गर्नेहरुसंग महिनावारी ठूलो रकम बुझ्ने गरेकोले यस्ता गतल कार्यले प्रशय पाएको स्थानिय बताउ छन् ।

जिल्लामा रहेका सबै सरोकारवाला निकायहरु यस विषयमा जानकारी रहेको भएता पनी यस्ता कार्य रोकथाम तथा नियन्त्रणका लागि भने कसैले चाँसो नदिएको स्थानिय मुरारी विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो ‘यस क्षेत्रका प्रहरी प्रमुख डिआईजीले नै तस्करीलाई संरक्षण गरि रहनुभएको छ ।

हप्ता असुलीमा प्रहरी

यस क्षेत्रमा खटिएका प्रहरीहरुले नेपाली व्यापारीहरुसंग मात्र नभई भारतीय व्यापारीहरुसंग समेत हप्ता असुल्ने गरेका छन् । जुन व्यापारीको सामान नेपाल आउछ उनीहरुसंग नेपाली प्रहरीले हरेक हप्ता कमिशन वापतको रकम बुझ्छन् । कमिसन नदिने ब्यापारीकाबाट ल्याएका सामानहरु प्रहरीले समातेर भन्सार बुझाउ छ । जसले कमिशन दिन्छ उसले सामान क्यारीङ्ग गर्नेहरुलाई पसलको नाम लेखि हस्ताक्षर गरेर चिट दिने गर्दछन् । जो संग त्यो चिट छ र प्रहरीलाई चिट देखाउछन् । उनीहरुको सामान समातिदैन बाँकीको सामान समातिन्छ ।’

यति मात्रै होइन, स्थानीयका अनुसार गस्तीमा खटिने प्रहरीले नेपाली व्यापारी र क्यारीङ्ग गर्नेहरुसंग समेत हप्ता असुले असुल गर्दै आएका छन् । यो क्षेत्रमा रहेका शसस्त्र प्रहरी र नेपाल प्रहरीको चौकी ईन्र्चाज भएर जानलाई पहिला नै मोल मोलाई हुने गर्दछ । उनीहरुले जिल्ला ईन्र्चा प्रहरी उपरिक्षक (एसपी) देखि प्रदेश प्रहरी प्रमुख प्रहरी नावय महानिरीक्षक (डिआईजी)लाई मासिक यती रकम बुझाँउछु भन्दै मोलमोलाई गरेर ईन्चार्जमा जान गरेको प्रहरी स्रोतले नै जनाएको छ । कामको मुल्यांकनको आधारमा हैन जसले सबै भन्दै बढी रकम मासिक बुझाउन सक्यो त्यो नै यस क्षेत्रमा रहेका प्रहरी युनिटका ईन्चार्ज बनेर जाने गरेका छन् ।

प्रहरीकाे कार्यशैलीमा विश्वस्त छैनन् स्थानीय

गस्तीमा खटिने प्रहरीकै आडमा अवैध धन्दा मौलाएपछि यस क्षेत्रका स्थानियबासीहरु प्रहरीको कार्यशैली प्रति विस्वस्त हुन छाडेका छन् । नाकाहरुमा शसस्त्र प्रहरीका बोडर आउट पोष्ट (बिओपी) स्थापना भएपछि सीमा क्षेत्रमा हुने अपराधिक कृयाकलाप रोकीनु पर्नेमा झनै विकृती मौलाएको स्थानिय उत्तम चन्दले बताउनुभयो । पहिला नेपाल प्रहरीले मात्र पैसा असुल्ने गरेकोमा अहिले शसस्त्र प्रहरीले समेत पैसा असुल्दै अवैध ओसारपसारलाई प्रसय दिएको उहाँको आरोप रहेको छ ।

सीमानामाबाट यसरी उठाईएको रकम नेपाल प्रहरी र शसस्त्र प्रहरी दुवैले जिल्लाका आ–आफ्ना युनिटका प्रहरी नायव उपरिक्षक (डिएसपी) (जिल्ला सहायक कमाण्डर) प्रहरी उपरिक्षक (एसपी) जिल्ला माण्डर, प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) लाई मासिक रुपमा रकम बुझाउने गरेको एक प्रहरी अधिकृतले नै हामीलाई जानकारी दिए ।

सिडिओदेखि दलका नेतासम्म भाग

यति मात्र हैन, प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई समेत मासिक रुपमा रकम बुझाउने गरिएको छ । साथै केही राजनैतिक दल नेता, प्रदेशका केही संसद तथा मन्त्री र केही पत्रकारहरुलाई समेत सीमा क्षेत्रबाट प्रहरीहरले उठाएको पैसा पुग्ने गरेकोले तस्करको यो जालो तोड्न त्यती सहज नगरेको ती प्रहरी अधिकृतले बताए । सबै तिर सेटीङ्ग मिलाएर तस्करीलाई प्रसय दिँदा राज्यकोषमा जम्मा हुने राजश्वमा दैनिक लाखौँको घाटा भइरहेको उनको भनाई छ ।

प्रहरीले यस किसिमको हर्कत देखाउँदा समेत स्थानिय प्रशासनले रोकथामका लागि कुनै भुमिका नदेखाएपछि प्रशासनको मौनता देखाउदा प्रशासनको समेत संलग्नता रहेको पुष्टि भएको स्थानियहरुले बताएका छन् । प्रशासनको लापरवाहीकै कारण भारतबाट कम्सल प्रकारकार गुणस्तर हिन वस्तु सस्तामा नेपाली बजारमा छ्याप्छ्प्ती हुँदा आफुहरुको व्यापार व्यवसाय संकटमा परेको पुनर्वासका स्थानिय खेमराज लामिछानेलेको बताउनुभयो ।

‘नाकामा हुने यस किसिमका अवैध ओसार पोसारले यस क्षेत्रमा व्यापार शुन्य जस्तै भएको छ । जसले गर्दा यहाँका अधिकासं व्यापारीहरु व्यवसायबाटै पलायन भईरहेका उहाँले भन्नुभयो ।’

उता कञ्चनपुरका जिल्लाका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले यस विषयमा आफुलाई कुनै जानकारी नभएको भन्दै पन्छीनुभएको छ । तर पुर्नवास र बेलौरी क्षेत्रका व्यापारीहरुले भने स्थानिय सरकारदेखि स्थानिय प्रशासन (जिल्ला प्रशासन कार्यालय कञ्चनपुर) तथा सुदूरपश्चिम प्रदेश सरकारसंग समेत भैरहेको चोरी तस्करी रोक्न भन्दै पटक–पटक मौखिक तथा लेखित रुपम डेलिकेशन दिएर समेत ध्याना कर्षण गराएको भएता पनि अहिले सम्म पनि कुनै सुनुवई नै नभएको पुर्नवास नगर व्यवारी लक्ष्मण थापाले बताउनुभयो


Last Updated on: September 21st, 2021 at 1:09 pm
२४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया