
पछिल्लो समय नेपाल लगायत संसारको प्राय देशहरुमा आत्महत्या गर्नेको नम्बर बढिरहेको छ। मानिसहरु मानसिक तनाब, घरयासी तनाब जस्ता कारणले आत्महत्या गर्ने गर्छन्। यो बढ्दो क्रम विशेषगरी युवापुस्तामा देखिदै गएको छ। नेपालमा पनि यो समस्या बढिरहेको छ। विदेश पढ्न अथवा काम गर्न जानेको नम्बर बढेसँगै आत्महत्या गर्नेको नम्बर पनि बढेको छ। विशेषगरी जापान जाने युवायुवतीमा यस्तो समस्या देखिएको छ। विदेश जाने प्रायजसो मानिस घरयासी तथा कामको तनाबले आत्महत्या गर्नेगर्छन्।
यसैक्रममा थानकोट घर भइ जापानमा अध्ययनरत नेपाली युवतीले आत्महत्या गरेकी छिन्। ५ वर्ष खघि बिद्यार्थी भिषामा जापान गएकि युवती अर्चना भुर्तेलले आत्महत्या गरेकी हुन्। काठमाडौं थानकोट घर भइ निहोन केइजाइ दाइगागुको तेश्रो वर्षमा अध्ययनरत युवतीको आत्महत्याको खबरले अहिले सामाजिक सन्जाल एकदम दुःखि छ।
सेप्टेम्बर २० बिहान १:३० अर्चना आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । फुकुओकाको इजिरिमा बस्दै आएकी अर्चना ट्वाईलेटमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्। अहिलेसम्म आत्महत्याको कारण खुल्न सकेको छैन् भने उनको श’व पोष्टमार्टमाका लागि लगिएको छ। यसको निष्कर्श चाडै निकाल्ने प्रहरीले जनाएको छ। जापानमा अध्यनरत उनका साथिहरु यो खबरले निकै दुखि रहेका छन्। तथ्याङक अनुसार जापानमा आत्महत्या गर्नेको नम्बर बढिरहेको छ।
’