बुधबार १० कार्तिक २०७८

१० वर्ष अघि पढ्दा पढ्दै रिता तामाङले ब’र्दिबासका सुनिल दुलालसगँ बिबाह गरिन । दुई वर्ष प्रेम सम्बन्ध मा बसेका उनिहरुले अन्तरजातिय बिबाह गरेका थिए । बिबाह गरे पछि काठमाडौँ ल्याएर आफुलाई राखेको रिताले बताइन । घरमा अन्तर जातीय बिबाहका लागि केही मि’लाउनु पर्ने भन्दै सुनिलले आफुलाई काठमाडौ राखी आफू भने बर्दि’बासमा पसल गरि बस्ने गरेको रिताले बताएकी छिन ।

अर्को वर्ष उनिहरुको छोरा भएका थिए । सुरुसुरुमा सुनिल बर्दिबा’समै बसे पनि काठमाडौ आउने जाने गर्ने गरेको तर पछि बच्चा जन्मिए पछि भने आउन छोडेको र खर्च पनि ५/७ महिनामा दुई चार हजार दिने गरेको रिताले बताइन् । छोरा जन्मिएको सात महिना देखि आफू अरुको घरमा काम गरेर खाने गरेको उनले सुनाइन । सुनिलको घरबाट पनि आफुलाई अ’स्विकार गरेको र सुनिलले आफ्नो परिवारमा पनि नचि’नाएकोले घर पनि थाहा नभएको उनी बताउँछिन् ।

अहिले सुनिलले आफ्नो नागरिता, बिहेदर्ता र छोराको जन्मदर्ता केही पनि बनाइदिन न’मानेको रिताले बताएकी छिन । तर सुनिलले भने त्यो सबै बनाइदी सके पछि सम्पत्ति माग्ने उ’द्देश्य भएकोले आफुले नबनाईदिएको बताए । तर पहिले सबै कुरा बनाइदिन्छु भने पनि छोरा जन्मिए पछि बनाउन नमानेको रिताको भनाई छ । आफुलाई सासू ससुराले पनि आफ्नो कुलमा नचल्ने भन्दै आफुहरु न’स्विकार्ने बताएको रिताले सुनाइन ।

सुनिल भने आफुले पछि बनाइदिने बताउँछन । अहिले आफुसगँ सम्पत्ति लिएर हिड्नको लागि यी सबै कागजपत्र बनाउनको लागि दवाब दिएको भन्दै रितालाई चरितहिन भएको आरोप लगाए । आफ्नो सम्पत्ति खानको लागि यो सब गरेको र सबै काग’जपत्र बनाइदिए पछि स’म्पत्तिको लागि उजुरी गरेर सम्पत्ति लिएर अरुसगैं हि’ड्नको लागि यो सब गरेकोले आफुले अहिले केही पनि नबनाइदिने उनले बताएका छन ।

तर रिता भने यदि आफुलाई लिएर गरमा सगैँ राखे आफू बस्न तयार भएको बताउँछन । तर सुनिल भने बसे जस्तो गरेर सबै काम गराइ हिड्ने जाल मात्र भएको आरोप लगाउछँन । बाउ आमा हुनजेल आफुले केही पनि नबनाइदिने उनको अडान छ ।

आफुले अहिले पनि खर्च दिएको र दिदै जाने तर अहिले केही पनि बनाउन नसक्ने सुनिलको भनाइ छ । तर रिता भने आफुलाई अहिले केही खर्च नदिएको र आफू अर्काको घरमा काम गरि खाने बस्ने गरेको बताउँछिन । पुरा जानकारिको लागि भिडियो सहित हेर्नुहोस्

 


Last Updated on: September 21st, 2021 at 2:29 pm
४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया