शुक्रबार १७ मंसिर २०७८

दार्चुला । मार्मा गाउँपालिकाको विटुले पारिबगर सडक खण्ड अन्तर्गत रहेको रेल्पैरोमा सडक अबरुद्ध भई रोकिएका दुई वटा गाडी माथिबाट ढुंगा खस्दा क्षतविक्षत् भएका ​छन् ।

सडक अवरुद्ध हुँदा रोकिएका स्कार्पियो र जिपमाथि ढुंगा खस्दा क्षतिग्रस्त भएको हो । गाडी क्षतिग्रस्त भएपनि कुनै मानविय क्षेती भने भएको छैन ।

सिन्धुली । इलाका प्रहरी कार्यालय डकाहाको टोलीले आज भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।

घर तथा गोठमा भरुवा बन्दुक लुकाइ छिपाइ राख्दै आएको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई घरैबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुधौली नगरपालिका–२ जलकिनी र तीनचम्केका रहेका छन् ।

जलकिनी निवासी ५० वर्षीय नरबहादुर बस्नेत, ५५ वर्षीय शिवबहादुर कार्की, ४३ वर्षीय चुडाबहादुर राउत र तीनचम्के निवासी ७२ वर्षीय जितबहादुर बरैमगर र ४० वर्र्षीय भुवनबहादुर रानामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय

सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

काठमाडौँमा अहिले भेरोसेल खोप दिइरहेको अवस्था छ । तर जुनसुकै खोपकेन्द्रमा जाँदा पनि लामो लाइन नबसी सहजै खोप पाउने अवस्था छैन । आवश्यकभन्दा कम परिमाणमा खोप हुनु, जनसंख्याको चाप अधिक हुनु, चुस्त व्यवस्थापन नहुनुलगायत समस्याले गर्दा खोप लिन निकै सास्ती बेहोर्नुपरेको अनुभवीहरु सुनाउँछन् ।

यस्तै, काठमाडाैँ महानगरपालिका वडा नं ७, चाबहिल स्थित वडा कार्यालयमा खोप लाउनेहरुको लामो लाइन लागेको देखियो । मंगलबार खाेप लाउन बसेकाहरूकाे लाम खोपकेन्द्रदेखि पशुपति क्याम्पस हुँदै तयसको पछाडिसम्मै थियो । कैयौँ महिला पुरुष, युवायुवतीहरु खोप लाउन घण्टौँदेखि चर्को घाममा छाता ओढेर लाइन बसिरहेका थिए ।

यसअघि पटकपटक खोप लिन जाँदा कहिले खोप नै सकिएको भनेर रित्तो फर्काएको र कहिले अनलाइन दर्ता नम्बरसहितको कागजात नल्याएको भनेर खोप नपाएको लाइनमा उभिएका एक जनाले गुनासो गरे । यसपालि भने खोप पाइने आशामा उनी लाइनमा थिए ।


Last Updated on: September 21st, 2021 at 2:40 pm
३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया