बिहिबार ०७ आश्विन २०७८

हिजो भर्खर प्रधानमन्त्री शेर बहादुर देउवाले कुलमान घिसिङ लाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने घोषणा गरे सँगै आम सर्बसाधारण हरुको कुलमान प्रति चासो देखिएको छ ।

धेरै आम सर्वसाधारणले कुलमानले प्राधिकरणको जग बसालि सकेको तर्क गर्दै अब कुलमानलाई कुनै डुब्न लागेको अर्को संस्थामा नियुक्त गर्दा उचित हुने राय दिन थालेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न ऊर्जा मन्त्री पम्फा भुसाललाई निर्देशन दिएको समाचार आउन साथ सोसल साइटहरूमा प्रतिक्रिया आउन थालेका छन् ।

धेरै सर्वसाधारणले कुल मान लाई लिक्बिडेशनमा जान लागेको नेपाल वायु सेवा निगमको कार्यकारी निर्देशकमा नियुक्ति गरे निगम को प्रगति हुने समेत भन्न भ्याएका छन् । कसै कसैले त आएल निगमको कार्यकारी बनाउने पनि भनेका छन् ।

प्राधिकरणमा कुलमानले राम्रो जग बसालेको र अर्को आउदा पनि त्याहा बिगार्ने बातावरण नभएको भन्दै डुब्न लागेका संस्थानमा कुलमानलाई लैजाँदा देशले काचुलि फेर्ने कुरा बताएका छन् ।

कुलमान प्रति आम सर्वसाधारणको गहिरो विश्वास देखिएको प्रस्टै सामाजिक सञ्जालहरूमा देख्न सकिन्छ ।


Last Updated on: August 5th, 2021 at 6:58 pm
२१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया