बुधबार १० कार्तिक २०७८

एएफसी एसियन महिला कपको छनोटमा नेपाली मुलकी स्नेहा लिम्बुले आज नेपाल विरुद्ध नै खेल्ने भएकी छिन् ।

उज्वेकिस्तानमा जारी प्रतियोगितामाको दोस्रो खेलमा नेपालले आज दिउसो ३ः४५ बजे हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

हङकङमा जन्मेकी नेपाली छोरी स्नेहाले ८ वर्षको उमेरदेखि फुटबल खेल्न थालेकी थिइन् । १६ वर्षे स्नेहाले हङकङको राष्ट्रिय टोलीबाट एक खेल खेल्दै एक गोल गरेकी छिन् ।

गत मार्च चारमा टर्कीस वुमेन्स कपअन्तर्गत रोमानियाविरुद्धको खेलबाट हङकङको राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी उनले त्यही खेलमा अन्तर्राष्ट्रिय गोलको खाता खोलेकी थिइन । उक्त खेलमा हङकङ ४/१ को नतिजामा पराजित भएको थियो ।

केही वर्षअघि साउथ चाइना मर्निङ पोस्टले स्नेहालाई ब्राजिली सुपरस्टार नेइमारसँग दाँज्दै लेख प्रकाशित गरेको थियो । उक्त समाचारमा हङकङको महिला फुटबलमा स्नेहाको उपस्थिती नेइमारको जस्तै भनेर तुलना गरिएको थियो ।

अर्को वर्ष भारतमा हुने एसियन कपका लागि छनोट हुने लक्ष्य राखेको नेपालले आज बलियो प्रतिद्वन्द्वी हङकङ लाई हराउनै पर्ने छ ।

समूह ‘एफ’मा रहेको नेपालले पहिलो खेल फिलिपिन्ससँग खेलेको थियो । शनिबार भएको उक्त खेलमा नेपाल २/१ को नतिजामा पराजित भएको थियो ।

पा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजन भएर गएका माधव नेपालसहित १४ जना र सभामुखविरुद्ध दायर गरेको रिटमा सुनुवाइ चलिरहेको छ।

सोमबारदेखि चलिरहेको सुनुवाइ मंगलबार पनि निरन्तर रहेको छ। मंगलबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले नेपाल पक्षबाट बहस गरेका छन्। सोमबार ओलीका कानुन व्यवसायीले नेपालको नेतृत्वमा दर्ता भएको एकीकृत समाजवादी पार्टी गैरकानुनी भएको दाबी गरेका थिए। उक्त बहसको प्रतिउत्तरमा उत्रेका वरिष्ठ अधिवक्ता श्रेष्ठले केपी ओलीले प्रतिनिधि सभा विघटन गर्दा आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितको सम्झनासम्म नआउने र विश्वासको मत नदिदाँसम्म मौन बस्ने अनि अहिले कारबाही गरेको दाबी कसरी गर्न मिल्छ भनी प्रश्न गरे।

न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा चलिरहेको मुद्दामा बहस गर्दै पूर्वमहान्यायाधीवक्ता श्रेष्ठले गैरकानुनी विघटन पटक पटक गर्ने अनि त्यसको जिम्मेवारी नलिने एमालले कसैलाई कारबाही गर्ने हैसियत नै नराख्ने दाबी गरे।

संसद् विघटनअघि ह्विप उल्लंघन गरेको भनी अहिले कारबाही गर्नु आफैमा गैरकानुनी भएको श्रेष्ठको तर्क छ। जेठ ८ गते प्रतिनिधि सभा विघटन गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यी सबै कुरा समाप्त गरेकाले अब त्यसको लिगेसी (कानुनी अस्तित्व) बाँकी नरहेकाले उक्त आधारमा नेपालमाथि कारबाही हुन नसक्ने श्रेष्ठको दाबी छ।

प्रतिक्रिया


Last Updated on: September 21st, 2021 at 3:09 pm
३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया