आइतबार ३१ आश्विन २०७८

भारतीय सेनाको हेलिकोप्टर जम्मूमा दुर्घटना भएको छ । भारतको जम्मू क्षेत्रमा उधमपुर जिल्लाको चर्चित पर्यटन स्थल पटनी टपको माथिल्लो इलाकामा भारतीय सेनाको चीता हेलिकोप्टर मंगलबार बिहान दुर्घटनाग्र’स्त भएको हो । बीबीसीका अनुसार उक्त दुर्घटनामा हेलिकोप्टरका पाइलट र को–पाइलट गम्भीर रुपमा घाइते भएका छन् ।

जम्मूमा सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दले यसबारे एक आधिकारिक बयान जारी गरेका छन् । उनले भने, ‘मंगलबार बिहान एक तालिम उडानका क्रममा हेलिकोप्टर उधमपुरको शिवगढ घार इलाकामा दुर्घटनाग्र’स्त भएको हो । गम्भीर रुपमा घाइते दुबै पाइलटलाई नजिकैको सैनिक अस्पताल पुर्याइएको छ ।’

स्थानीय नागरिकको मद्दतले सेना र स्थानीय प्रहरीले गम्भीर रुपमा घाइते पाइलटलाई दुर्घटनाग्र’स्त हेलिकोप्टरबाट निकालेर अस्पताल पुर्याए । इलाकामा भारी वर्षा र कुहिरोका कारण दुर्घटना भएको बताइन्छ । यद्यपि, अहिलेसम्म यसको आधिकारिक पुष्टि भने भएको छैन ।

काठमाडौं – जिल्ला प्रहरी कार्यालय उदयपुरले नक्कली भिसा बनाई अमेरिका लैजाने भन्दै ललाई फकाई युवतीलाई विवाह गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

अमेरिकाको प्रलोभन देखाउँदै थरसमेत ढाँटेर अन्तरजातीय विवाह गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरको रौतामाई गाउँपालिका– ७ मुर्कुचीका २४ वर्षीय सुदिप कार्की ढोली रहेका छन् ।

उनले स्टाफ नर्स पढ्दै गरेकी युवतीलाई अमेरिका जाने भिसा लागेको भन्दै विभिन्न प्रलोभनमा पारेर बिहे गरेका थिए ।

दलितभित्रको कार्की ढोली भएता पनि उनले थर लुकाउने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले केटीका आफन्तले केटो कार्की नभएर दलित भित्रको कार्की ढोली भएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएका थिए ।

कार्की ढोलीले अमेरिकाको भिसासमेत नक्कली बनाएर केटीलाई देखाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अहिले केटीलाई अभिभावकको जिम्मा लगाएको छ ।आरोपित कार्की ढोलीलाई भने सोमबार अभद्र ऐनअन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Last Updated on: September 21st, 2021 at 4:26 pm
५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया