आइतबार १९ मंसिर २०७८

एजेन्सी । नायीका र उनका साथीको कार दुर्घटना पछि पानीमा डुवेर निधन भएको छ । मराठी फिल्मकी २५ वर्षीय नायिका इश्वरी देशपाण्डे तथा उनका २८ वर्षीय साथी शुभम डेगेको निधन भएको हो । घटनाका बारे प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले उनीहरुको शव पानीवाट बाहिर निकालेको छ ।

भारतको पुणेमा बस्ने मराठी नायिका ईश्वरी देशपाण्डे र उनका साथी शुभम डेगेको निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनीहरुको कार गोवामा गहिरो पानीमा डुबेको थियो । सोमबार उत्तरी गोवाको अरपोरा इलाकामा गहिरो पानीमा कार फेला परेको थियो । ईश्व

कोभिडः नेपालमा कोरोनाभाइरस निषेधाज्ञा प्रभावित लगभग सबै क्षेत्र खुला हुँदा सिनेमा हल नखुल्नुको कारण के
२ घण्टा पहिले
सिनेमा हलतस्बिर स्रोत
काठमाण्डू उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले भदौ १७ गतेबाट सुरक्षाका मापदण्ड अपनाएर सिनेमा हल खोल्नका लागि बाटो खुला गरिदिएसँगै देशका अन्य कैयौँ जिल्लामा पनि क्रमशः यस्ता निर्णय भइरहेका छन्।

तर त्यस्तो निर्णयको झन्डै २० दिन बितिसक्दा पनि सिनेमा हलहरू खुलेका छैनन्।

दर्शक आउने वा नआउने आशङ्ककाबीच सिनेमा हल खोल्नका लागि तयार रहेको बताउने व्यवसायीहरूसँग अहिले प्रदर्शन गर्नका लागि चलचित्र नै नभएको बताइन्छ।

खासगरी नेपाली चलचित्र निर्माताहरूले जोखिम उठाउन नचाहेको र हिन्दी तथा अङ्ग्रेजी चलचित्र समेत उपलब्ध हुन नसक्दा पर्ख र हेरको रणनीति अपनाउनु परेको उनीहरू बताउँछन्।

के छ अवस्था?
”यो अरू क्षेत्र जस्तो होइन खोल् भन्ने बित्तिकै खोल्नलाई। सिनेमा खोल्नलाई फिल्म चाहियो। एउटा फिल्म मिलेर भएन, फिल्मको लाइन अप नै चाहियो,” क्यूएफएक्स सिनेमाघरहरू सञ्चालन गर्दै आएको कम्पनी टिम क्वेस्टका निर्देशक नकिम उद्दिनले भने।

”अङ्ग्रेजी, हिन्दी, नेपाली तीनवटै फिल्म चाहियो।”

प्रस्तावित सेन्सरशीप नियमप्रति भारतीय चलचित्रकर्मीको विरोध
बलीवुडमा महामारीको असर: ठूलो पर्दाबाट सानो पर्दामा ओर्लिँदै चलचित्र
भारतमा महाराष्ट्र राज्यमा अझै सिनेमा हल खुल्न नदिइएका कारण पर्याप्त मात्रामा हिन्दी चलचित्र उपलब्ध हुन नसकेको र अङ्ग्रेजी चलचित्रको हकमा आफूहरूले पहल गरिरहेको उनले जानकारी दिए।

नेपाली चलचित्र उत्पादकहरूले चलचित्र चलाउनका लागि सुरक्षाको प्रत्याभूतिको माग गरिरहेका कारण निर्माण सम्पन्न भएर प्रदर्शनको मिति कुरिरहेका कैयौँ चलचित्र प्रदर्शनमा आउन नसकेका बताइएको छ।

सिनेमा हल

 


Last Updated on: September 21st, 2021 at 6:08 pm
११४ पटक हेरिएको

तपाईको प्रतिक्रिया