
२१ वर्षीय सुवर्ण बस्नेत र २२ वर्षीय धिरज बस्नेतले समलिङ्गी विवाह गरेका छन् ।उनीहरूलाई आफू भएर आफ्नो अधिकारको प्रयोग गरेर विवाह गर्न घरकै मान्छे पनि तयार थिएनन् ।तर आफ्नो जीवनलाई स्विकार्दै समलिङ्गी विवाह गर्न पाउदा उनीहरुले निकै नै खुशी छन् ।
उनीहरू विवाह गर्ने भएपछि घरका मान्छेले पनि उनीहरुको इच्छा बुझेर विवाह गरिदिएका छन् र दुवै परिवारले अपनाएका पनि छन् ।नवविवाहित जोडिको भर्खरै मात्र जङ्गी बाबासंग भेट भएको छ र बाबाले उनीहरूलाई जोडिको बारेमा प्रश्न पनि गरेका छन् ।
बाबाले उनीहरुलाई हिन्दु परम्परामा एकै थर भएकाहरुले विवाह गर्ने चलन नभएको र उनिहरु बस्नेले बस्नेतसंग किन विवाह गरेको भन्दा जोडिले आफू बस्नेत भएपनी भित्री गोत्र उही नभएको र आफुहरुले संतान जन्माउन नसल्ने हुँदा एउटै थर भएर कुनै असर नपुग्ने कुरा बताएका छन् ।
यो जोडिमा एकजना पुरुष तेस्रो लिङ्गी र एकजना पुरुष भएको हुँदा वहाँहरुको वैवाहिक जीवन महिला र पुरुष जस्तै त नहुने तर जीवनमा सुख र शान्ति प्राप्त गर्नेमा दुई मत नभएको बाबाले बताए ।उनीहरूको भविस्यको बारेमा बोल्दै बाबाले वहाँहरु पढेलेखेको भएको हुँदा यस दम्पतीको भविस्य उज्ज्वल रहेको बताए ।
भिडियो हेर्नुस् :-