
अष्ट्रेलियाको दक्षिण–पूर्व भागमा ५.८ तीब्रताको भू’कम्प मापन गरिएको छ ।
भू’कम्पका कारण मेलबर्नका विभिन्न भवनमा क्षती पुगेको बताइएको छ । भू’कम्प स्थानीय समयानुसार बुधबार बिहान ९ः१५ मा आएको हो । भू’कम्पको केन्द्र मेन्सफील्ड थियो । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिनले भू’कम्पबारे जानकारी दिँदै हालसम्म कोही पनि गम्भीर रुपमा घा’इते भएको खबर नपाएको बताएका छन् ।
भूक’म्पको झ’ट्का दक्षिण अष्ट्रेलिया र न्यू साउथ वेल्समा पनि महसुस गरियो । पहिलो तीब्र झ’ट्का पछि दोस्रो झट्का ४.० तीब्रताको र तेस्रो झट्का ३.१ तीब्रताको आएको थियो । यद्यपि, यो हालैका वर्षमा अष्ट्रेलियामा आएको सबैभन्दा धेरै तीब्रताको भू’कम्प हो । तर हालसम्म यो भू’कम्पका कारण कुनै ठूलो हा’नी पुष्टि भएको छैन ।
मोरिसनले अष्ट्रेलियामा भूक’म्प आउनु असामान्य भएको र यो असाध्यै त’नाव दिने खालको घट’ना हुनसक्ने बताए । भिक्टोरिया स्टेट इमरजेन्सी सर्भिसले मानिसहरुलाई सम्भावित झट्काका लागि सतर्क रहनका लागि चेता’वनी दिएको छ । इमर्जेन्सी सभिसले भन्यो, ‘यदि तपाईं भिक्टोरियामा हुनुहुन्छ भने तपाईं खत’रामा हुनुहुन्छ । तरपनि झट्का पनि आउन सक्छ । क्षतिग्रस्त भवनबाट टाढा रहनुहोस् । आपतकालिन स्थितिबाहेक ड्राइभिङबाट बच्नुहोस् ।’बीबीसी
नेपाली राष्ट्रिय महिला फुटबल टोली एसिनय कपे होडबाट बाहिरिएको छ। मंगलबार हङकङसँग बराबरी खेलेसँगै नेपालको एसियन कप छनोट खेल्ने सम्भावना सकिएको हो।
एएफसी वुमन्स एसिया कप २०२२ को छनोट अन्तर्गत हङकङविरुद्धको खेलमा नेपाल हाबी भए पनि गोल गर्न सकेन। यसैबीच नेपाली राष्ट्रिय महिला टोलिका प्रशिक्षक ग्यारी फिलिप्सले टोलीमा सावित्रा भण्डारी साम्बाको अभाव खड्किएको बताएका छन्।
‘साम्बाको अभाव टोलीलाई शतप्रतिशत महसुस भयो’ ग्यारीले भने, ‘यदि आजको खेलमा साम्बा भएको भए सम्भवतः हामीले हङकङलाई २०÷२५ गोल गर्थ्यौ।’
ग्यारी नेपालले सबै क्षेत्रमा राम्रो खेले पनि गोल गर्न मात्र नसकेको बताए। ‘हामीले सबै क्षेत्रमा राम्रो खेल्यौँ। तर पोष्टमा गोल गर्न मात्र सकेनौँ।’ पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ ले पराजित भएको थियो। दुई खेलबाट १ अंक मात्र जोड्न सफल नेपाल एसियन कप होडबाट बाहिरिएको हो।
प्रतिक्रिया