बुधबार १० कार्तिक २०७८

झापाको दमक नगरपालिका-१ मा जु,वा खेलिरहका १७ जनालाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको छ ।

मंगलबार राति करिब साढे ११ बजे इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक-१ का हिमाल देवानको घरमा जु,वा खेलिरहेका उनीहरूलाई ४ लाख २७ हजार ६ सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाका अनुसरा उनीहरुको साथबाट १६ थान कौडा पनि बरामद गरिएको छ ।

पक्राउ पर्नेहरूमा झापा भद्रपुर नगरपालिका युवराज न्यौपाने, दिलबहादुर राई र ठाकुरप्रसाद निरौला, बिर्तामोडका तिर्थ अधिकारी, गौरादहका हरि कोइराला, कमल गाउँपलिकाका सुबिन्द्र सुब्बा, कन्काईका मोहन बराल र सुनिल साह रहेका छन् ।

त्यस्तै मोरङ ग्रामथान गाउँपालिकाका लक्ष्मीप्रसाद अधिकारी, नैनकुमार चौधरी, रुपेश तामाङ, पथरी शनिश्चरेका बलराम बस्नेत, गंगाराम मगर, बेलबारीका निशान पोखरेल, दमकका कर्ण राई, राजन दाहाल र विनोद थेबे रहेका छन्।

जुवाखालबाट पक्राउ गरिएका १७ जनालाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भई रहेको झापा प्रहरीले जनाएको छ । भद्रपुर १० बस्ने बर्ष ५० को ठाकुर प्रसाद निरौला भाग्ने क्रममा फाल हान्दा दुबै खुट्टाको पाईतलामा चोट लागि लाईफलाईन अस्पताल दमकमा उपचार भई रहेको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

संविधान आएको एकै किरणमा जनताका सारा रङ्ग र रूपको आकर्षक ढोकाहरू उघ्रिए। भविष्यप्रति अति आश्वान्वित हुँदै नेताहरूलाई जनताले असीम अनुकम्पा र आभार प्रकट गरे।जनताका इच्छा,चाहाना,सङ्कल्प,दृष्टिकोण,योजना र आशाहरू फेरि पलाए।

तर आज यो समाज नेपाल बन्द ,भ्रष्टाचार,बेरोजगारी,बलात्कार,चोरी,डकैती,हत्या,हिंसा,प्रदूषण बढ्दै किन देश अधोगतितिर लागिरहेको छ

वातावरण भएर होइन ! वातावरण नभएर होइन ! वातावरण बनाउन नसकेर होइन ! वातावरण नबनेर होइन ! आज यो देशको विकास त स्वयम् कल्पनाको बिम्बको रूपमा अग्रगामी रूप लिएको छ ॥

सामान्य घटनालाई असामान्य र रहस्यमय किन बनाइन्छ ?

मोती फल्ने हिमाल,चिरञ्जीवी जडीबुटी फल्ने तराई , पहाड , धार्मिक भावनामा रहेका मन्दिर,मस्जिद र प्रसिद्ध धार्मिक स्थलहरूमा मनपरी चलेको कमजोर कार्यान्वयन नीतिले गर्दा आज मेरी आमा गरिब भएकी छन् ॥

स्वतन्त्रता र न्यायको सुनिश्चिततामा लम्किने नेपालीलाई आज नेतृत्व गर्ने मानिसहरू कमजोर भएका छन् ॥

समाजसेवी कुशल नेतृत्व बहन गर्ने देश प्रेमी नेपालीहरूको खाँचो छ ॥ आज यो देश नेपालमा जायज असन्तुष्टिको गृस्मताप र शरद ऋतुको बहावलाई तोड्न सक्ने नेपालीको आवश्यकता छ ॥ जातिभेदको हतकडीमा भेदभावका सर्पहरू घिस्रिएको यस्तो दारुण अवस्थालाई समाल्न सक्ने नेपालीको खाँचो छ !!!

आज नेपाली जनताहरू मानी नभएको जिन्दगी , उड्दा उड्दै खसेको पन्छी , बग्दा बग्दै रोकिएको नदी ,माटो विहीन ढुङ्गो,मैदान मा फहराएको घोडा सरह निरुत्साहित र लखतरान भई थाकेका छन् ।

आज किन मर्दै छ हामीमा हामी बाचेको युग ?

हामी नेपाली जातीय , रङ्गभेदमा बदल्न बलौटे धापबाट उचाली भातृत्वको भावनामा आड्बद्द भएर रहनुपर्ने समय आएको छ । मातृ प्रेमको सङ्गीतमा रूपान्तरण गर्दै स्वतन्त्र र संवृद्ध नेपाल निर्माण गर्न हामी नेपाली किन अग्रसर हुँदैनौ ?

ज्वरमुक्त सूर्य ! जलनमुक्त आकाश ! र तृप्त ताल भएर हामी किन बस्छौँ ?

लेखाइमा मात्र हैन संविधानलाई तन ,मन वचन र कर्मले कार्यान्वयन गराऔँ ॥सर्वप्रथम सबैले आफूबाट सुरु गरौँ अनि बन्छ नेपाल र पुरा हुन्छ नेपालीको चाहना ॥

आज २०७५ आश्विन ३ गते संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूमा खुसीका लहरहरू छाओस् र संविधान कार्यान्वयन होस् ।

संविधान दिवसको हार्दिक शुभकामना।


Last Updated on: September 22nd, 2021 at 12:08 pm
३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया