सोमबार ११ आश्विन २०७८

प्रधानमन्त्री देउवाले जनभावनाको उच्च कदर गर्ने, एमसीसी पारित नगर्ने !
एमसीसी विरुद्ध चौतर्फी विरोध देखिरहेका प्रधानमन्त्री शेर बहादुर देउवा तत्काल एमसीसी संसदमा पेश नगर्ने मुडमा देखिएका छन् । सत्तारुढ गठबन्धनको कार्यदलले पनि परराष्ट्र नीतिमा न्युनतम राष्ट्रिय सहमतिको प्रस्ताव गर्दै एमसीसी तत्कालै संसदमा टेवल नगर्ने संकेत दिएको छ ।

यस अघि अघिल्लो सरकारका बेला देउवाले काँग्रेसका तर्फबाट एमसीसी छिटो पास गर्न दबाब दिएकाले एमसीसी उनी प्रधानमन्त्री भएपछि पारित हुन्छ भन्ने आकलन गरिएको थियो । तर जनस्तरमा भएको विरोधलाई समेत ध्यानमा राखेर एमसीसी थाँती राखिने संकेत देखिएको छ ।

अमेरीकाले एमसीसी पारित छिटो गर्न दबाब दिँदै आएको छ । स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले तत्काल एमसीसी पारित नगर्न दबाब समेत दिईरहेको बुझिएको छ ।

एमसीसी अमेरीकी सहायतामा आधारित परियोजना हो । जस मार्फत नेपाललाई ५६ अर्ब रुपैया प्राप्त हुने भनिएको छ ।


Last Updated on: August 5th, 2021 at 8:20 pm
४०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया