बुधबार १० कार्तिक २०७८

नायिका प्रियंका कार्कीको गर्भवती अवस्थाबारे मिडियामा अनगिन्ति गसिपहरु आए । सोसल मिडियामा दिनहु ट्रोलहरु बने । आज उनले छोरीको जन्म दिएकी छन् ।

धेरैलाई लागेको छ, बच्चा जन्माएपछि उनको चर्चा केही समय थामिएला । तर, त्यस्तो छाँट देखिँदैन । छोरी जन्मिएपछि पनि प्रियंकाले पेज ३ गसिपमा छाइरहने सम्भावना देखाएकी छन् ।

उनले आजै छोरीको नाममा इन्स्टाग्राम अकाउन्ट खोलिदिइन् ।

 

इन्स्टाग्रामको नियमअनुसार १३ वर्षभन्दा कम उमेरको व्यक्तिले अकाउन्ट खोल्न पाइँदैन । यस्तोमा अभिभावक अरु कसैले यसको सञ्चालन गर्नुपर्ने भनेर बायोमा नै उल्लेख गर्नुपर्ने प्रावधान रहेको छ । प्रियंका–आयूष्मानले छोरीको अकाउन्ट आफूहरुले ह्यान्डल गर्ने बायोमा जनाएका छन् ।

गर्भवती हुनासाथै प्रियंका र आयूष्मानले छोरी जन्मने भन्दै ‘आयांका’ नामाकरण गरिसकेका थिए । छोरीका लागि दर्जनौं लुगाफाटा र खेलौना किनेर प्रियंकाले दराजमा सजाइसकेकी छन् प्रियंकाले ।

आज आयांका कार्की जोशी नाममा एक दिनकी प्रियंका पुत्रीको इन्टाग्राम एकाउन्ट खुलेको छ । जन्मिनासाथ आयांकाको पहिलो स्टाटस यस्तो छ, ‘ड्याडी र मम्मीले मलाई उहाँहरुको मायाको पोको भन्नुहुन्छ, र म असहमत छैन ।’

आयांकाको अकाउन्टलाई ३ हजारभन्दा बढीले फलो गरिसकेका छन् । आगामी दिनमा अब यसै अकाउन्टमार्फत प्रियंकाले गसिपका मसलाहरु उपलब्ध गराउन सक्छिन् ।

 


Last Updated on: September 23rd, 2021 at 10:25 am
२२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया