बुधबार १० कार्तिक २०७८

करिब ४ वर्ष देखि काठमाडौमा पढ्न बसेकी छोरी गएको तीजमा घर आउँछु भनेकी थिइन् । तर छोरी घर आइनन् । काठमाडौमा पनि नभएको आमाले थाहा पाइन् । उनी भदौको अन्तिम साता तीज पछि छोरी हराइन् भन्दै प्रहरी कार्यालय गइन् । तर जब प्रहरीले तपाईको छोरी यि हुन् ? भन्दै फोटो देखायो आमा झण्डै बेहोस भइन् ।

गएको भदौ १५ गते जिल्लाको गुराँस गाउँपालिका–५ भैरीखोलास्थित एक महिला मृx त अवस्थामा भेटिएकी थिइन् । प्रहरीले ति महिलाको पहिचान खोज्न सकेको थिएन । जतासुकै पहिचानका लागि परिपत्र गरेपनि पत्ता नलागेपछि श xव ब्यवस्थापन गर्यो ।

कानुन अनुसार प्रहरीले ब्यवस्थापन गरेको झण्डै १० दिनपछि नारायण नगरपालिका–१० भवानीकी ५५ वर्षीया शान्ति बोगटी आफ्नी छोरी ह,रा,एको भन्दै खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा दैलेख पुगेकी थिइन् । उनैलाई भैरी खोलामा मृx त फेला परेकी महिलाको तस्बिर प्रहरीले देखायो । भदौ २७ गते जिल्ला प्रहरी कार्यालयमा आएकी बोगटीलाई प्रहरीले तस्बिर देखाएपछि आमा झण्डै बेहोस भइन् । किनकी त्यो तस्बिर अरु कसैको नभएर उनकै छोरीको थियो ।

तस्बिर देखेपछि शान्तिले प्रहरी समक्ष भनिन् ‘यो मेरो छोरी अस्मिताकुमारी बोगटी हो, उ विगत ४ वर्षदेखि काठमाडौं बस्दै आएकी थिइँ, तीजमा घर आउँछु भनी फोन गरी। तर घरमा नआउँदा छोरीको खोजीका लागि प्रहरी कार्यालयमा आएको हुँ।’

उक्त घटनामा गुराँस गाउँपालिका–५ भैरीका २१ वर्षया गणेशबहादुर विकलाई प्रहरीले पक्राउ गरिसकेको छ। प्रहरीले पक्राउ परेका विकलाई दैलेख जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान थालेको छ।

 


Last Updated on: September 23rd, 2021 at 3:09 pm
२४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया