बुधबार १० कार्तिक २०७८

मलेसियाको मालाका राज्यमा पर्ने आलोर गाजाह स्थित एक कम्पनीमा कार्यरत एक नेपाली महिलालाई मलेशियन प्रहरीले बुधबार प,क्रा,उ गरेको छ।

कम्पनीमा काम गर्दै आएकी ३८ बर्षीया ती नेपाली महिलाले आफ्नो गर्भबाट बच्चालाई जन्म दिइएर कोठामै साम्पाको प्ला,स्टि,क,ले पो,को पा,रे,र ओछ्यानमाथी राखेको जानकारी पाएलगत्तै प्रहरीले प,क्रा,उ गरेको हो । आवश्यक अनुसन्धानको लागी महिलालाई प्रहरीचौकीमा लगेको छ ।

कोठामा साम्पाको प,ला,स्टि,क भित्रको पो,को,मा, फेला परेको त्यो बच्चा पेट भित्रै म,रे,र जन्मेको या जन्म भैइसके पश्चात् महिला आफैंले बच्चालाई मा,रे,र पलास्टिकमा पोको पा,रे,र राखेको हो या होईनन्, भन्ने बारे केहि खुलाइएको छैन।

बच्चालाई जन्म दिइएर चुपचाप कसैलाई केहि नभनिकन कोठामै बसिरहेकी ती नेपाली महिलाले अन्ततः आफुले गर्भपतनको पीडा सहन नसकेर शरीर र हात, खुट्टा सुनिएर बिरामी परेपछि उपचारका लागी अस्पतालमा डाक्टर कहाँ गएकी थिइन्।

अस्पतालका डाक्टरले सोधखोज गर्दा ती महिलाले साच्चैनै बच्चालाई जन्म दिइएको घट्नाको रहस्य खुलेको हो।

उनलाई आज बिहिबार अदालतमा उपस्थित गराए पनि उनको सजाय कति हुने र कस्तो खालको हुने भन्ने केहि नखुलाइएको, केहि उल्लेख गरिएको छैन।

महिलाले अदालतमा दिइएको बयान अनुसार प्रेमी केटा साथीको उमेर पनि ३८ बर्षनै रहेको र प्रहरीद्वारा ती केटालाई पनि प,क्रा,उ गर्नको लागी खोजिनिती गरिरहेको छ।

 


Last Updated on: September 23rd, 2021 at 4:10 pm
६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया