मंगलबार ०३ जेठ २०७९

द भ्वाइस अफ नेपाल’को तेश्रो सिजन भव्यताका साथ सम्पन्न गरेपछि हिमालय टीभी एचडीले बालबालिकाहरुका लागि गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ प्र’शारण गर्ने तयारी गरेको छ ।

यो शोमा ६ देखि १४ बर्षका बालबालिकाहरुले सहभागीता जनाउन पाउनेछन् । बालबालिकाहरुको अडिसन स’म्पन्न भैसकेको आयोजकले जानकारी दिएको छ । अहिले अडिसनबाट छानिएका बालबालिकाहरु ‘ब्लाइन्ड अडिसन’को तयारीमा व्य’स्त छन् । आइतबारबाट ‘ब्लाइन्ड अडिसन’को छायांकन सुरु हुनेछ । यो शोलाई कात्तिकबाट प्र’शारण गर्ने तयारीमा आयोजक जुटेको छ ।

तर, बालबालिकाहरुको गायन प्र’तिभालाई उजागर ग’र्ने उद्देश्यले संचालन गर्न लागिएको यो रियालिटी शोका लागि ४ जना कोचहरु भने फाइनल गरिएको छ । जसमा दुई जना कोचहरु ‘द भ्वाइस अफ नेपाल’ कै छन् । यो शोमा गायकद्धय राजु लामा र प्रमोद खरेल कोचको रुपमा रहनेछन् । यस्तै, कोचकै रुपमा गायिकाद्धय मिलन नेवार र प्र’विशा अधिकारी रहने प’क्का भएको छ ।

देशभर आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे छ । नेपाालमा हाल भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ।

साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ। आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उनले भने, राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले वर्षाका कारण उक्त स्थानहरूका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मासु प्रोटिनको राम्रो स्रोत हो । १०० ग्राम मासुमा लगभग २५ ग्राम प्रोटिन पाइनुका साथै भिटामिन र मिनिरल पनि प्रशस्त पाइन्छ। मासुले मांसपेसी विकास गर्न मद्दत गर्छ। मासु आइरनको पनि राम्रो स्रोत हो।

– बच्चालाई दैनिक २५ देखि ३० ग्राम प्रोटिन आवश्यक हुन्छ । मासुले उनीहरुलाई बृत्तिविकासमा सहयोग गर्छ । त्यसैले बच्चालाई पचाउन सक्नेगरी मासु खुवाउन सकिन्छ । एकै पटक धेरै मासु दिनेभन्दा पनि थोरैथोरै गरेर समय मिलाएर बच्चालाई मासु खुवाउन सकिन्छ।

–एउटा वयस्क व्यक्तिलाई हप्तामा एक दिन मासु खानु स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ । वयस्कहरुले आफूलाई चाहिने प्रोटिनको आवश्यकतालाई ध्यानमा राखेर चिल्लो र छालारहित मासु सेवन हप्तामा एकदिन गर्न सकिन्छ। एउटा स्वस्थ वयस्क व्यक्तिलाई प्रत्येक दिन ६० देखि ७० ग्राम प्रोटिन चाहिन्छ।

–१८ वर्षसम्मका बालबालिकाले रातो मासु खान मिल्छ। त्योभन्दा बढी उमेर समूहले भने आफ्नो शरीर, दैनिक क्रियाकलाप, स्वास्थ्य अवस्था हेरेर मात्र थोरै मात्रामा रातो मासु खान सक्छन्। खसी, राँगाको मासु रातो मासुअन्तर्गत पर्छ भने कुखुरा, माछा सेतो मासुअन्तर्गत पर्छन्।

–मासुमा आइरन हुने भएकाले सुत्केरी र गर्भवती महिलाहरुलाई शरीरमा रगतको पूर्ति गर्न मद्दत गर्छ। यस्तो अवस्थामा पनि हामीले आवश्यक मात्रामा अन्य सन्तुलन भोजनसँग मिलाएर मासु सेवन गर्न सक्छौँ। सुत्केरी, गर्भाअवस्थामा दैनिक ६० देखि १०० ग्राम प्रोटिन आवश्यक हुन्छ।

 


Last Updated on: September 24th, 2021 at 10:00 am
१५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया