मंगलबार ०३ जेठ २०७९

बागलुङ-बागलुङको बडिगाड खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन् । निसीखोला गाउँपालिका- ६ घर भई बडिगाड गाउँपालिका- ५ खारामा भाडामा बस्ने २४ वर्षीय गोविन्दचन्द्र बिक बेपत्ता भएका हुन् ।

बडिगाड खोलाको काली

कर्णाली, ८ असोज-वीरेन्द्रनगर नगरपालिका–१ नं वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने व्यक्तिलाई कडा कारबाही गर्न माग गरिएको छ । बुधबार वडा कार्यालय पुगेका एक अज्ञात व्यक्तिले कार्यालयको टेलिफोन प्रयोग गरी वडाध्यक्ष गङ्गाराम सुनारलाई धम्क्याउनाका साथै उहाँको कार्यकक्षमा आगजनी गरेका थिए । आगजनी गरेलगत्तै फरार ती व्यक्तिको प्रहरीले खोजी तीव्र पारेको जनाएको छ ।

नगरप्रमुख देवकुमार सुवेदीले विज्ञप्ति जारी गर्दै प्रत्यक्ष जनतासँग सम्बन्धित कार्यालयमा आगो लगाउने, जनप्रतिनिधि र कर्मचारीको मनोबल गिराउने हर्कत गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी हदैसम्म सजायको माग गर्नुभएको छ । नगरपालिकाले कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने कार्यलाई गम्भीर अपराध भन्दै विज्ञप्तिमार्फत घटनाको घोर भत्र्सना गरेको छ ।
(रासस)

दहमा पौडिन गएका बिकलाई खोलाले बगाएको प्रहरी चौकी ग्वालीचौरका प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानले जानकारी दिए । बिक साथीहरूसँग खोलामा बालुवा झिक्न गएका थिए । उनी बडिगाडमा मजदुरी गर्दै आएका थिए ।

बिहीबार दिउँसो साढे १ बजेको समयमा चर्को घाम लागेपछि साथीहरू शीतल खोज्दै खोलाभन्दा केही पर गएका थिए । बिक गर्मी छल्न पौडी खेल्न गएका उनका साथीहरूको भनाइ उद्धृत गर्दै प्रसनि न्यौपानेले बताए । बेपत्ता बिकका आफन्त, स्थानीयवासी र प्रहरीको टोलीले खर्वाङसम्म खोजी गर्दा पनि फेलापार्न सकेको छैन । उनले लगाएको कपडा खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ ।


Last Updated on: September 24th, 2021 at 10:04 am
१६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया