आइतबार १९ मंसिर २०७८

खबरमुकाम । स्वर तथा सुन्दरताकी धनी गायिका इन्दिरा जोशीको हालै इन्गेजमेन्ट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ।

उक्त भिडियोमा फेशन डिजाइनर शरद केडियासँग उनले इन्गेजमेन्ट गरेकी छन् ।

इन्दिराले खुम्बु पुगेर इन्गेजमेन्ट गरेकी हुन् । उनीहरूको इन्गेजमेन्ट भएको भिडियो भने क्याप्टेन विवेक थापाको टिकटक अकाउन्टमार्फत सार्वजनिक गरिएको छ।

इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन् । इन्गेजमेन्ट भएकोबारे उनले सार्वजिनक रूपमा अहिलेसम्म भनेकी छैनन्।

चितवन । काठमाडौंबाट पोखरा जाँदै गरेको कार पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन नजिकै नाग्दी खोलाबाट त्रिशुली नदीमा खसेको छ। कारमा रहेका तीन जना बेपत्ता भएका छन्।

ट्राफिक प्रहरी कार्यालय, मुग्लिनका अनुसार गएराति १२ः३० बजे कार दुर्घटना भएको हो। दु,र्घ,टनामा परि एक जना घा,इ, भएको र तीन जना बेपत्ता रहेको ट्राफिक प्रहरी कार्यालय, मुग्लिनका असई नरहरि अधिकारीले बताए।

उनका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको ना २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट झण्डै १०० मिटर त्रिशुलीमा खसेको हो।

कारमा रहेका पोखराका ४९ वर्षीय रुद्रलाल सुवेदीको उद्धार गरिएको छ। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

दुर्घटनामा पोखरा महानगरपालिका ७ का ६० वर्षीय प्रेम भुजेल, ५५ वर्षीय लेखबहादुर भुजेल र ३६ वर्षीया ईश्वी भुजेल बेपत्ता रहेको प्रहरीले जनाएको छ। उनीहरुको खोजी भइरहेको छ।

 

 


Last Updated on: September 24th, 2021 at 10:26 am
९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया