आइतबार १९ मंसिर २०७८

गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वडा नं ७ वाग्लाका ३५ वर्षीयका पिता ३ वर्षदेखि ओछ्यान मै दिशा पिसाब गरिरहेका छन् । श्रीमतीले अर्काको घरमा घाँस काटेर घरको गुजारा चलाइरहेकि छिन् ।

साना छोराछोरी आफ्नो बुबाको यस्तो हालत देखेर धुरुधुरु रुन्छन् । ओछ्यानदेखि हल्लिन समेत नसक्ने उनी आफुलाई हेरबिचार गर्न एकजना जति बेलै हुनु पर्ने कुरा गर्छन् । कम्मरदेखि तल उनको केही नचल्ने भएकोले उनी ओछ्यान मै आफ्नो जीवन कटाइ रहेका छन् ।

कम्मरदेखि तल उनको शरीर कु हिदै गएको छ र उनी आफू म र्दै गएको हुँदा निकै चिन्तित छन् । सुरुमा उनको शरीर ठिक थियो तर गएको ३ वर्षदेखि उनी थला परेका हुन् । श्रीमतीलाई पनि आफ्नो श्रीमान बिरामी भएपछि घर खर्च टार्न र घर चलाउन निकै गाह्रो भएको कुरा बताउछिन् ।

उनी आफ्नो जीवन यसरी दुखमै बितेको देख्दा निकै रु न्छिन् । छोराछोरी पनि अरु साथीहरुले राम्रो लुगा लगाएको र मीठो खानेकुरा खाएको कुरा बुबालाई सुनाउछन् । तर आफ्नो हालत यस्तो भएपछि छोराछोरीलाई केही दिन नसकेको भन्दै उनी आँसु खसाल्छन् । उनको यश बिरामको उपचार गर्न उनी सहयोग माग्द छन् । हेर्नुहोस भिडियो:


Last Updated on: September 24th, 2021 at 11:32 am
१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया