
काठमाडौ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अनौठो शल्यकृया भएको छ । एक जना बिरामीको अनौठो शल्यकृया भएको हो । झापाको दमक नगरपालिका–३, आमचोकका ५६ वर्षीय कुलबहादुर तामाङको ढाडवाट चिकित्सकले ५ किलोको मासुको डल्लो निकालेका छन् ।
यस्तो जोखिमपूर्ण शल्यकृयाको चर्चा भएको छ । धेरै वर्ष देखि डल्लो लिएर हिँडेका कुलबहादुरलाई अब भने सजिलो भएको छ । उनी अब अस्पतालवाट निस्कने तयारीमा छन् । ढाडमा पलाएको बोसो मिश्रित मासुको पाँच किलोको डल्लो शल्यक्रिया गरेर निकालिएको नोबेल अस्पतालका शल्यचिकित्सक डा। अमित भट्टराईले बताए ।
डा। भट्टराई नेतृत्वको चिकित्सकहरूको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेर मासुको डल्लो निकालेको हो । बिरामीलाई अर्ध बे हो स बनाएर शल्यक्रिया गरिएको जनाइएको छ ।
करिब १० वर्षअघि उनलाई यस्तो समस्या भएको थियो । सुरुमा सानो देखिएको पछि विस्तारै बढ्दै गएर ५ किलोको पुगेको थियो । उनलाई हिडडुल गर्न समेत समस्या परेको थियो ।
कुनै\\ पनि पेसा सानो ठुलो हुदैन काम गरेरे खान को लागि कुनै लाज हुदैन । आफुले सके अनुसारको काम गर्न कहिले पछि हट्न हुदैन ।
त्यस्तै एक जना दुख गरेर आफ्नो जीवन चलाइरहेका छन् १५ वर्षीय सुन्दर परियार। धादिंग घर भएका सुन्दर रिक्सा चलाउने काम गर्छन। पढ्ने रमाइलो गर्ने खेल्ने उमेरका उनि यात्रु हरु कहाँ छन् कहाँ पाइन्छ, भन्दै सबेरै उठेर निन्द्रामा हिड्छन । घरमा बिरामी बुवा र साना साना भाइ बैनी रहेका छन् आर्थिक अवस्था कमजोर भएपछी सुन्दरले काम खोजेर काम गर्न बाध्य भएका हुन्।
बुवा बिरामी काम गर्न सक्क्दैनन भाइ बैनी साना, सुन्दर एउटाको कमाइले परिवार पाल्न पनि गार्हो छ। त्यसमाथि चाड आउदा त पिरको भारि आउँछ।
तिन महिना अघि काठमाडौँ आएका सुन्दर दिनभर रिक्सा चलाउने काम गर्छन। उनको दैनिक ज्याला ३०० सय छ। साहुलाइ १०० दिन पर्छ। कतिपयले सानै देखेर लान सक्दैन भनेर चढ़दैनन् भने कोइ चढेका पनि सानोलाई हेपेर पैसा दिदैनन । महान चाड दशैं नजिकिदै गर्दा भाइ बैनीलाई नया कपडा किन्न चाहन्छन बुवालाई औषधी किन्न चाहन्छन। नेपालमा बाल श्रमको अनुमति नहुदा पनि बाध्य भएर काम गर्ने अवस्था पनि रहेको छ।