बुधबार १० कार्तिक २०७८

रोल्पामा भिरबाट खसेको ढु ङ्गा ला’ग्दा आमाछोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिकाका–९ निवासी २७ वर्षीय सङ्गीता पुन र उनकी दुई वर्षीय छोरी कृतिकाको भिरबाट पहिरोसहित ख’सेको ढु’ङ्गाले ला’गेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।

घर नजिकै रहेको मकैबारीबाट बाँदर हेरेर घर फर्कने क्रममा ढु’ङ्गाले लागेको प्रहरीले बताएको छ । भिरदेखि ४०० मिटर तल खोल्साको पानीमा श’व देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी निरीक्षकको टोलीले घटनास्थलबाट शवपरीक्षणका लागि जिल्ला अस्पताल लगेको प्रहरी निरीक्षक सन्तोष केसीले बताउनुभयो । त्यसैगरी विवाह भोज खाएर फर्कने क्रममा रोल्पा नगरपालिका खुमेलका ४२ वर्षीय तीर्थलाल थापाको घर नजिकैको खरबारीमा ल’डि’रहेको अवस्थामा फेला परेको र नीजको उपचारका क्रममा आज मृत्यु भएको जिप्रका रोल्पाले जानकारी दिएको छ ।

त्यस्तै सप्तरीमा वि षा’लु स’र्पले ड’ ‘स्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल रहेका छन् ।

घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई स ‘र्पले ड’ ‘सेको हो । उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामअवतार साहले जानकारी दिनुभयो । राति सुतेको अवस्थामा दुवैको मुखबाट फि ‘ज आएको देखेपछि परिवारका सदस्यहरुले उपचारका लागि अस्पताल लगेका थिए । फाइल तस्विर

काठमाडौँ– सरकारले आगामी सोमबारबाट दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाएको छ । यससँगै दशैँका लागि उपत्यकाबाहिर जानेहरूले सम्बन्धित बसपार्क तथा टिकट काउन्टरमा भौतिक रुपमा वा अनलाईनबाटै पनि टिकट बुकिङ गर्न सक्नेछन् ।

यातायात व्यवस्था विभागले चाडपर्व लक्षित दशैँ तिहार र छठका लागि यातायात सहजिकरण सम्बन्धि सूचना जारी गरेको छ ।

–यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशाक्य अनलाईन बुकिङ गराउनुपर्नेछ । जसअन्तर्गत व्यवसायीले छुट र सहुलियत समेत व्यवस्था गर्नुपर्नेछ ।

– अग्रिम टिकट बुकिङ तथा उपत्यका बाहिरिने र भित्रने यात्रुवाहक सवारीसाधनको ट्राफिक प्रहरी उपभोक्ता मञ्चसँग सहकार्य गरी अनुगमन गर्ने ।

– कोरोना भाइरस माहामारीलाई मध्यनजर गरी सवारी साधन सञ्चालन गर्ने, यसका लागि यात्रुलाई खाना/ खाजा खुवाउने स्थानमा भीडभाड नहुने गरी व्यवस्था गर्ने ।

–अनाधिकृत काउन्टर र व्यक्तिबाट टिकट विक्री गर्ने कार्यलाई पूर्णतया निरुत्साहित गर्ने/गराउने ।

– मुख्य सडकमा भएका खाल्डाखुल्डी पुरी यातयात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध गरी पठाउने ।

– आवश्यक सवारी साधनहरूको व्यवस्था यातयात व्यवसायी महासंघले गर्ने ।

–यातायात आवगमन सहज बनाउन खाद्यन्न लगायत अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारी साधनहरू असोज २० गतेदेखि कार्तिक ३ गतेसम्म नारायाणघाटदेखि काठमाडौँसम्म रोक लगाउने ।

–यात्रुबाहक सवारी साधनलाई घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने ।

 

 

 

 


Last Updated on: September 24th, 2021 at 3:34 pm
१२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया