शुक्रबार ०८ आश्विन २०७८

अभिनेत्री प्रियंका कार्की अहिलेकी चर्चित अभिनेत्री हुन् । विभिन्न कारणले चर्चामा आइरहन रुचाउने उनी सामाजिक सञ्जालमा निकै नै सक्रिय छिन् ।

नेपाली चलचित्र जगतकी प्रख्यात नायिका प्रियंका कार्की अहिले गर्भवती रहेकी छिन्।

 

उनको चर्चा उनले काम गरेका चलाचित्रको कारण मात्र नभएर विभिन्न कारणले हुने गर्छ।

उनी गर्भवती भएदेखि नै लाइमलाइटमा छिन् । उनी आमा बन्ने अन्तिम समय नजिक आइसकेको छ । अभिनेत्री प्रियंका केही समय अघि ‘बेबी सावर’ नै गरिन् ।

छिट्टै आमा बन्ने तरखरमा रहेकी प्रियंकाले पहिलो सन्तान जन्मिएको दुई वर्षपछि अर्काे प्लान गर्ने बताएकी छन् ।

हालै एक टेलिजिन कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा उनले यो विचार राखेकी हुन् । महिलाले गर्भावस्थाको समयलाई उत्सवका रुपमा मनाउनु पर्ने बताएकी छन् ।

‘कुनैपनि महिला गर्भवती भएपछि आफूले जस्तै सेलिब्रेट गर्नुपर्छ भन्ने होइन । सेलिब्रेट गरेमा गाली र आलोचना दिन हुदैन’ उनले कार्यक्रममा भनेकी छन् ।

उक्त कार्यक्रममा प्रियंका श्रीमान् आयुष्मान देशराज जोशीको साथ पुगेकी थिइन् ।


Last Updated on: August 6th, 2021 at 3:00 pm
४५० पटक हेरिएको

तपाईको प्रतिक्रिया