आइतबार ३१ आश्विन २०७८

नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच झिक्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दरबार संग्राहलयमा अवलकोनमा गएका रुकुम घर भएका खेमबहादुर घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुृटाउन प्रयास गरेपछि सेनाले नियन्त्रणमा लिएको हो ।
तर, सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएको नारायणहिटी दरबार संग्राहलाय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए । ‘श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ, तर एक युवकले कोठाभित्र सोकेसमा राखिएको खुकुरी झिकेर श्रीपेच निकाल्न प्रयास गरेको देखिन्छ,’ उनले भने,’श्रीपेचसहित श्रीपेच संरक्षणमा राखिएका सबै सिसा सुरक्षित छन् ।’

उनका अनुसार सेना सुरक्षाका लागि लगातार खटिने भएकाले चोरीको जोखिम हुँदैन । ‘उनलाई श्रीपेच देखेपछि त्यो लगाएर राजा हुन मन लागेको हुनसक्छ,’ दाहालले भने,’उनको मानसिक अवस्था त्यति ठीक छैन कि भन्ने लागेको छ ।’यसबारे अनुसन्धान शुरु भएको संग्राहलयले बताएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतकाअनुसार रुकुम मुसिकोटका २५ बर्षका खेमबहादुर पक्राउ परेका हुन् । ‘म अब श्रीपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच फुटाएको भेटियो, लगत्तै प्रहरीले दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको छ’, प्रहरीले जनाएको छ ।


Last Updated on: September 24th, 2021 at 5:06 pm
१५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया